२०८१, १३ बैशाख बिहीबार

एसइई फुटसल कप सुरु, उद्घाटन खेलमा सुभेनियर विजयी

डबली खबर     बैशाख १५ २०८० १०:४४

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – अन्तरविद्यालय एसइई कप फुटसल कप दोस्रौं संस्करण शुक्रबारबाट सुरु भएको छ । नुवाकोट युनाईटेड फुटबल क्लबको आयोजनामाको आयोजनामा सुरु भएको प्रतियोगितामा उपत्यकामा एसइई दिएर बसेका विद्यार्थीहरुको सहभागीता रहेको छ । 

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी सबै खेलाडीलाई मिलाएर दुई समुहमा विभाजन गरेको छ । प्रतियोगितामा १८ वर्षमुनिका विद्यार्थीले सहभागीता जनाएका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निलमबाबु ढुंगेलले गरे।

प्रतियोगिताको पहिलो खेल महेन्द्र मावि र सुभेनियर बोर्डीङ स्कुल बीच भएको खेलमा सुभेनियरका प्रशान्त मम्बाले दोस्रो हाफमा १ गोलको अग्रता दिए । सुभेनियर महेन्द्र माविलाई १-० गोलअन्तरले हराउँदै विजयी भए ।

विदुर नगरपालिका घण्टाघरस्थित नुवाकोट फुटसल मैदानमा नकआउट पद्धतीमा सञ्चालन हुने प्रतियोगिताको विजेता र उपविजेताले १५ हजार र ७ हजार ५०० रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।

खेलभरबाट अनुशासित टिम, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक छनौट गरी मेडल, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top