+
Search

ताजा अपडेट +

पपुलर +

दिवा खाजामा कार्डसन

cardsn nepal
डबली खबर
३ साल अगाडी

नुवाकोट – कार्डसन नुवाकोटले आज स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम ढाँचा सम्बन्धि एक दिने वडास्तरीय अभिमुखिकरण गरेको छ।

राष्ट्रिय विद्यालय दिवा खाजा कार्यक्रम परियाेजना अन्तर्गत विदुर नगरपालिकाको वडा नम्बर ५ स्थित स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा कार्डसन नेपालका अध्यक्ष पदम उप्रेतीले नुवाकोटको १२ वटै स्थानीय तहको सामुदायिक ४ सय ३४ वटा विद्यालयहरुमा सञ्चालित परियोजनाकाे अवधि ३ वर्ष रहेको जानकारी दिए ।

साेहि अनुरुप विदुर नगरपालिकाभित्र ६० वटा विद्यालयमा अध्ययनरत ६ हजार ३३२ विद्यार्थीहरुले दिवा खाजा खाईरहेका छन्। उनका अनुसार स्थानीयतस्तरमा उपलब्ध, पाेषणयुक्त र स्वस्थकर दिवा खाजा खुवाउनका लागि होम ग्राउण्ड स्कुल फिड़ीङ पद्दति (एचजीएसएफए) अपनाउँदै विद्यालय दिवा खाजा कार्यक्रमलाई सफलतापूर्वक र मर्यादित तरिकाले कार्यन्वयन गर्न स्थानीय सरकारकाे क्षमता अभिवृद्धि गर्ने उदेश्य यस कार्यक्रमकाे रहेकाे छ। विद्यालय दिवा खाजा कार्यक्रम नुवाकोटको ८८ वटै वडाका सामुदायिक विद्यालयका आधारभूत विद्यालय र माविमा बालविकास कक्षा देखि ६ कक्षासम्म अध्यानरत प्रतिदिन विद्यार्थीहरुलाई रु.१५ काे दरले वार्षिक १८० दिन खाजा खुवाउने कार्यक्रम रहेकाे उनले बताए ।

कार्यक्रममा विदुर नगरपालिका ५ नम्बरका वडा अध्यक्ष लिलानाथ न्याैपानेले दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र वडा नगरबाट सहयोग गरी कार्यक्रमलाई सफलतापूर्वक लैजानु पर्ने धारणा राखेका थिए ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्राेत विकास केन्द्र निकट समन्वय तथा परामर्श जापान सरकारकाे आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रमकाे नेतृत्व तथा साझेदार संस्था शान्ति भाेलेन्टियर एशाेसियसन नेपाल र स्थानिय जिल्ला तहकाे साझेदार संस्था कार्डसन नेपालद्वारा परियोजनाकाे कार्यन्वयन भईरहेकाे जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ