sujim bazar dashain tihar bumper offer

“शेयरधनी प्रमाणपत्र लिएर मात्र सहकारीमा कारोबार गरौँ”: पूर्णलाल श्रेष्ठ

डबली खबर     चैत्र २०, २०७९


dabali interview purna lal shrestha founder chairman of district cooperative union nuwakot

नुवाकोट – जिल्ला सहकारी संघका पूर्व अध्यक्ष पूर्णलाल श्रेष्ठले सहकारीमा शेयरधनीको प्रमाणपत्र लिएर मात्र कारोबार गर्न अनुरोध गरेको छ ।

रेडियो चिम्टेश्वरले सहकारी स्थापना दिवसको अवसरमा आयोजित रेडियो कार्यक्रम “सरोकार” कार्यक्रम बोल्दै पूर्वअध्यक्ष श्रेष्ठले उक्त भनाई व्यक्त गरेका हुन् । सहकारीमा कारोबार गर्नुभन्दा अघि वा गरेपछि बचतकर्ता, ऋणकर्ताले उक्त सहकारीको शेयर नलिएसम्म कारोबार नगर्न अनुरोध गरेका छन् ।

सहकारीको सुदृढिकरण र सुरक्षाको लागि सहकारले सहकारीमा अनुदान नदिई सहकारीको उदेश्यअनुरुप सहजीकरण गर्नुपर्ने धारणा व्यक्त गरे ।

शिघ्र रुपमा नेतृत्व विकासले गर्दा देशमा सहकारीको वृद्धि विकास आएको र समयमै सरकारले नियमित अनुगमन र कार्यन्वयन नलिदा सहकारी दुर्घटना पर्ने भएकोले जनतामा समस्या आउने उनले आकंलन गरे । झोलामा केन्द्रित सहकारी चौतारामा पैसा उठाउने कार्य नरोकिए सहकारी छिट्टैनै दुर्घटनामा पर्नेछ । सहकारीका निम्न आय भएका सदस्यको प्रतिफल नदेखिएको उनले बताए ।

शहर केन्द्रित सहकारीहरुले आर्थिक उत्पादन मात्र गरिरहेको हुनाले दीगो अवधिसम्म फलदायी नहुने उनले बताए ।

आर्थिक उत्पादनमात्र गरिएको सहकारीलाई सरकारले के गर्नुपर्छ? भन्ने पत्रकार शक्तिमायाले सोधिएको प्रश्नको उत्तर दिदैं उनले भने “त्यस्ता सहकारीलाई व्यवस्थित ढंगले स्थानीय सरकारले मर्जरको कार्यन्वयन प्रक्रिया अघि बढाएर एक टोल एक सहकारीको प्रावधान ल्याउनुपर्ने छ । गाउँ केन्द्रित सहकारीले आर्थिक उत्पादनभन्दा उत्पादनमुखी क्षेत्रमा विस्तार गर्नुपर्ने छ ।”

जिल्ला सहकारी संघमा जिल्लामा ५२३ सहकारी आबद्ध रहेतापनि स्थानीयगत र विषयगतका सहकारीका सदस्यहरुको सक्रियता नरहेको उनले बताए ।

दुई कार्यकाल जिल्ला सहकारी संघ नुवाकोटको अध्यक्ष सम्हालेका उनले सहकारीको दिगोपनको लागि जन्मेदेखि मृत्युसम्म नेतृत्व लिनसक्नेले मात्र सहकारी सञ्चालन गर्नुपर्ने बताए ।

हाल उनी विदुर कल्याणकारी बहुमुखी सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष र प्रमुख सल्लाहकारमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top