२०८०, १६ चैत्र शुक्रबार

आधारभूत सहकारी लेखापालन तालिम

डबली खबर     चैत्र ६ २०७९ १२:४८

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट । सहकारी प्रशिक्षालय बागमती प्रदेशको आयोजनामा छ दिने आधारभूत सहकारी लेखापालनसम्बन्धी तालिम सम्पन्न भएको छ ।

जिल्ला सहकारी संघ नुवाकोटको संयोजनमा चैत्र १ देखि ६ गतेसम्म भएको लेखापालन तालिममा जिल्लाका दुईदर्जन सहकारी संस्थाका ३१ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

तालिममा लेखाको परिचय, अवधारण र उद्धेश्य, सहकारी खाताहरुको परिचय र हिसाब , गोश्वरा भौचर लगायतको खातामा प्रविष्टी, भौचर संयोजन र स्थिति विवरणबारे सैधान्तिक प्रयोगत्मक अभ्यास गराईएको थियो । 

समापन कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गोकर्णनाथ न्यौपानेले सहकारीताका लागि लेखा महत्वपुर्ण भएको भन्दै तालिममा सिकेका कुरा आफु आबद्ध सहकारीमा प्रयोगमा ल्याउन सुझाव दिए ।

तालिममा कृष्णप्रसाद न्यौपाने, चित्रराज अधिकारी र दिर्घराज सापकोटाले सहजीकरण गरेका थिए ।

तालिम अवधिमा प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई बट्टार बसपार्क मार्गमा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय भ्रमण गराईएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top