+
Search

ताजा अपडेट +

पपुलर +

बागमतीमा ११९ जना कर्मचारी माग

youth council bagamati province
डबली खबर
३ साल अगाडी

हेटौंडा – बागमती प्रदेश युवा परिषद् हेटौंडाले एकैपटक ११९ जना कर्मचारी माग गरिएको छ । परिषद्को चालु आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम तथा प्रदेश स्वयंसेवा परिचालन निर्देशक समितिको निर्णयानुसार प्रदेश युवा स्वयंसेवक माग गरिएको हो ।

कम्तीमा दुइ वर्ष काम गर्नेगरी प्रदेशभरीका १३ जिल्लाका ११९ वटै स्थानीय तहमा एक जनाका दरले राख्नेगरी युवा स्वयंसेवक माग गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए ।

प्रदेशका सबै स्थानीय तहमा प्राविधिक क्षेत्रका युवा स्वयंसेवक नियुक्त गर्नेगरी सूचना प्रकासन गरिएको चौलागाईंले बताए । स्वयंसेवा गर्न इच्छुकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस परिषद्को वेबसाइटमा रहेको अनलाईन फर्म भरी सूचिकृत गर्नुहुन अनुरोध गरेको छ ।

युवा परिषद्ले कृषि क्षेत्र २५ जना, पशु क्षेत्रका २५ जना, शिक्षा क्षेत्रका गणित र विज्ञान शिक्षक माध्यमिक तहका ४४ जना, स्वास्थ्य क्षेत्रका ३० जना रहेका छन् । स्वयं सेवक बागमती प्रदेशको स्थायी बासिन्दा हुनु पर्ने नियम राखिएको छ ।

प्राप्त निवेदनहरुलाई जिल्लागत रुपमा सुचिकृत गरिने र जुन जिल्लाको स्थायी वासिन्दा हो सकेसम्म सोही जिल्लाको लागि छनौट तथा खटाइनेछ तर परिषद्को आवश्यकता अनुसार अन्य जिल्लामा खटाउन वा नखटाउन सकिने कार्यकारी उपाध्यक्ष चौलागाईंले बताए।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ