२०८१, २२ बैशाख शनिबार

सुपर सिक्स क्रिकेटको उपाधी तप्त युवा क्लबलाई

डबली खबर     माघ २८ २०७९ २१:१५

super six cricket nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – सुपर सिक्स क्रिकेट प्रतियोगिता उपाधी तप्त युवा क्लब देविघाटले जितेको छ ।

सत्यसाइ मार्केटिङको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा तप्तले पिप्लेफाँट युवा क्लब ढिकुरेलाई ३ रनले हराउँदै जित हासिल गरेको हो ।

च्वाडी पब्लिक माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा तप्तले टस जितेर ब्याटिङ रोजि ५ ओभरमा १ विकेटको क्षतिमा राजेश रिमालको ३१ र पवन राइको ३४ रनको मद्दतले ९१ रनको फलाकिलो लक्ष्य दिएको थियो ।

विजयी लक्ष्य लिएर मैदानमा उत्रेको पिप्लेफाँटले ५ ओभरमा सबै विकेट गुमाएर ८८ रन बनाउन सफल भए ।

पिप्ले फाँटकोतर्फबाट आशिक नेपालीले सर्वाधिक ३७ रन बनाउन सफल भए । प्रतियोगिता अवधीभर उत्कृष्ट प्रदर्शन गरेका रिमाल उत्कृष्ट खेलाडी घोषित भए ।

विजेता तथा उपविजेतालाई सत्यसाइ मार्केटिङका प्रबन्धक जोनि जेके र नुवाकोट क्रिकेट संघका संस्थापक अध्यक्ष केशव मिश्रले संयुक्तरुपमा नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगिताका विजयी र उपविजयीले क्रमशः नगद ८ हजार र ४ हजार रुपैंयाँ प्राप्त गरेको संघका कोषाध्यक्ष विराटमानसिंह डङ्गोलले जानकारी दिए ।

नुवाकोट क्रिकेट संघको सहआयोजनामा भएको प्रतियोगितामा ८ समुहको सहभागिता रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top