२०८१, १६ बैशाख आईतवार

भलिबलमा म्यागङ विजयी

डबली खबर     माघ २१ २०७९ १९:२७

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – तादी अध्यक्ष भलिबल कप प्रतियोगितामा म्यागङ गाउँपालिका विजयी भएको छ ।

अमरज्योति माध्यामिक विद्यालयको खेलमैदान खरानीटारमा भएको फाईनल खेलमा म्यागङ गाउँपालिकाले आयोजक तादि गाउँपालिकाई २५-२१, १५-२५, २५-२३ र २५-२३ सेटको अंकले जितेको हो । यस्तै, प्रतियोगितामा पञ्चकन्या तेस्रो र दुप्चेश्वर ‘बी’ ले सान्त्वना प्राप्त गरे ।

प्रतियोगितामा प्रथम १ लाख ५० हजार, द्वितीयले १ लाख रुपैयाँ र तृतीयले ५० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै, दुप्चेश्वर ‘बी’ ले २० हजार नगद पुरस्कार प्राप्त गरे ।

विजयी टिमहरुलाई प्रतिनिधीसभा सदस्य हीतबहादुर तामाङले पुरस्कार वितरण गरे ।

‘खेल मार्फत विकास, अनुशासन र गतिशिलता’ मूलनाराका साथ आयोजना गरिएको प्रतियोगितालाई प्रतिनिधिसभा सदस्य प्रकाशशरण महतले उद्घाटन गरेका थिए ।

प्रतियोगितामा एक पालिका एक टिम भनिएतापनि दुप्चेश्वर र पञ्चकन्याको दुई–दुई समूहसहित १३ वटा समूहको सहभागिता रहेको छ । शिवपुरी गाउँपालिकाले भने खेलाडी अभावको कारण देखाई सहभागी जनाएको छैन ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top