२०८१, १० बैशाख सोमबार

तादी अध्यक्ष भलिबल कप: चरण खेलको समिकरण पूरा, आजदेखि क्वार्टरफाईनल

डबली खबर     माघ २० २०७९ १३:०४

tadi chairman volleyball cup 2079
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – आयोजक तादी गाउँपालिकाको जीतसँगै जिल्ला अन्तरपालिका स्तरीय प्रथम तादी अध्यक्ष कप प्रतियोगिता सुरु भएको प्रतियोगिताको चरण खेल सकिएको छ ।

अमरज्योति मावि खरानीटार को खेलमैदानमा सुरु भएको अध्यक्ष कप भलिबल प्रतियोगितामा तादीसँग किस्पाङ सोझो सेटमा पराजित हुन पुग्यो । प्रतिस्पर्धामा तादीले किस्पाङमाथि २५–१८, २५–१९ को सेटको नजिता निकाल्यो ।

पञ्चकन्या ‘ए’ले सुर्यगढीलाई २५-९ र २५-५, दुप्चेश्वर ‘बी’ले तारकेश्वरलाई २५-१६ र २५-१६, विदुरले ककनीलाई २५-० र २५-० को सेटको नजिता निकाल्यो ।

यस्तै, म्यागाङले पञ्चकन्या ‘बी’ लाई २५-२० र २५-१८, दुप्चेश्वर ‘ए’ ले सुर्यगढ़ीलाई २५-१८ र २५-२०, तारकेश्वरले बेलकोटगढीलाई २५-१८ र २५-२०, किस्पाङले विदुरलाई २५-१५ र २५-२२, म्यागङले लिखुलाई २५-७ र २५-१३, दुप्चेश्वर ‘ए’ले पञ्चकन्या ‘ए’लाई २७-२५ र २८-२५ अंकले जित्यो ।

यसैगरी, तादीले विदुरलाई २५-१४ र २५-१८, दुप्चेश्वर ‘बी’ले बेलकोटगढीलाई २५-१० र २५-१७ र किस्पाङले ककनीलाई २५-० र २५-० को सेटमा पराजित गर्दै लिगचरण पार गर्दै पाखा लगायो ।

आज माघ २० र २१ गते हुने क्वार्टरफाईनलमा समुह ‘क’ विजेता पन्चकन्या ‘ए’ र समुह ‘ग’ का उपविजेता पञ्चकन्या ‘बी’, समुह ‘ग’ विजेता म्यागाङ र समुह ‘क’ का उपविजेता दुप्चेश्वर ‘ए’ बीच खेल हुदैंछ । यसैगरी समुह ‘ख’ विजेता दुप्चेश्वर ‘बी’ र समुह ‘घ’ का उपविजेता किस्पाङ र समुह ‘घ’ विजेता तादी र समूह ‘ख’ उपविजेता तारकेश्वरबीच खेल हुदैंछ ।

आजनै सेमिफाईनलका खेल हुने जनाएको छ ।

‘खेल मार्फत विकास, अनुशासन र गतिशिलता’ मूलनाराका साथ आयोजना गरिएको प्रतियोगितालाई प्रतिनिधिसभा सदस्य प्रकाशशरण महतले उदघाटन गरेका थिए ।

प्रतियोगितामा एक पालिका एक टिम भनिएतापनि दुप्चेश्वर र पञ्चकन्याको दुई–दुई समूहसहित १३ वटा समूहको सहभागिता रहेको छ । शिवपुरी गाउँपालिकाले भने खेलाडी अभावको कारण देखाई सहभागी जनाएको छैन ।

प्रतियोगितामा प्रथम १ लाख ५० हजार, द्वितीयले १ लाख रुपैयाँ र तृतीयलेने ५० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top