२०८१, १४ बैशाख शुक्रबार

विज्ञान प्रदर्शनीमा नवजीवन प्रथम

डबली खबर     पुष ८ २०७९ ०८:३१

secondary science exhibition nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटद्वारा आयोजित विज्ञान प्रदर्शनीमा ककनी गाउँपालिका वडा नम्बर ६ मा रहेको नवजीवन माध्यमिक विद्यालय प्रथम भएको छ । बिहिबार विदुर नपा-१ स्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको प्राङ्गणमा जिल्लास्तरीय मावि विज्ञान प्रदर्शनी कार्यक्रम भएको हो ।

प्रतियोगितात्मक रूपमा आयोजना गरिएको प्रदर्शनीमा लिखु गाउँपालिका वडा नम्बर ४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालय द्वितीय, दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ मा रहेको घ्याङफेदी माध्यमिक विद्यालय तृतीय भएका छन् । यस्तै, विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको पृथ्वी माध्यमिक विद्यालयले सान्त्वना प्राप्त गरेका छन् । प्रदर्शनीको विजेतालाई क्रमशः रु. पाँच हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रथम हुने विद्यालयले स्थानीय जडीबुटी प्रयोग गरी विभिन्न बास्नामा अत्तर उत्पादन गर्न सकिने प्रदर्शनी गरेको विद्यालयका शिक्षक प्रेम चौधरीले जानकारी दिए । द्वितीय हुनेले पानीको प्रयोग गरी हाईड्रोलिक प्रणालीद्वारा डोजरको निर्माण गरेका थिए भने तृतीय हुनेले भौगोलिक क्षेत्रमा भवितव्य आईपर्ने प्राकृतिक बिपत्ती बाढी, भूकम्पलगायतको पुर्व जानकारी दिने संयन्त्र निर्माण गरेको विद्यालयका शिक्षक प्रेम स्याङतानले जानकारी दिए । यस्तै, सान्त्वना प्राप्त गर्ने पृथ्वी माविले आधुनिक शहर र लाई-फाई संयन्त्र निर्माण गरी प्रदर्शनी प्रस्तुत गरेका थिए ।

प्रदर्शनीमा प्रथम भएको विद्यालयले प्रदेशस्तरीय विज्ञान शैक्षिक सामग्री प्रदर्शनीमा भाग लिने व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख देवकुमार बरालले जानकारी दिए । विद्यालय तहदेखि विज्ञानका सामग्री निर्माणले भविष्यमा वैज्ञानिक बन्ने आधार तय गर्ने उनले बताए ।

प्रदर्शनीमा जिल्लाका १२ पालिकामध्ये किस्पाङ गाउँपालिकाबाहेक अन्य ११ पालिकाको सहभागिता रहेको थियो । प्रदर्शनीमा प्रत्येक विद्यालयबाट एक जना शिक्षकको प्रतिनिधित्वमा दुई जना विद्यार्थीको सहभागिता रहेको थियो ।

विज्ञान प्रदर्शनीमा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रञ्‍जित, बेलकोटगढी नगरपालिकाका कार्यपालिका सदस्य गमला लामालगायतले अवलोकन गरेका थिए ।

देशलाई विकास गर्न वैज्ञानिक आविष्कारमै ध्यान दिनुपर्नेमा अवलोकनकर्ताहरूले जोड दिएका छन् । विद्यालय तहका विज्ञानमा पठाइ हुने भौतिकशास्त्र, मेकानिकल, जीव विज्ञानसँग सम्बन्धित स्काभेटर, भवन, सोलारबाट विद्युत उत्पादन प्रणाली, मुटुको भागलगायतका सामग्री विद्यार्थीले प्रदर्शनीमा राखेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top