२०८१, १६ बैशाख आईतवार

क्यान नुवाकोटको अध्यक्षमा पुन: नेपाल

डबली खबर     मंसिर २२ २०७९ १५:२०

can nuwakot new committee
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा नुवाकोटको अध्यक्षमा पवन नेपाल पुन:निर्वाचित भएका छन् ।महासंघको दोस्रो अधिवेशनबाट नेपाल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । नेपालको अध्यक्षतमा सात सदस्यीय कार्यसमिति गठन भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा दिलिपकुमार शाक्य, सचिवमा नारायणकुमार घले, सहसचिवमा सुनिल श्रेष्ठ, कोषाध्यक्षमा मनिषकुमार शाह चयन भएका छन्। सदस्यहरुमा लिडर श्रेष्ठ र शशीप्रसाद आचार्य चयन भएका छन् ।

निर्वाचित पदाधिकारीलाई क्यान महासंघका केन्द्रीय सदस्य भानुभक्त शर्मा र निर्वाचन समितिका संयोजक नवदीप श्रेष्ठले टिका र खादा लगाई प्रमाणपत्र प्रदान गरेका थिए ।

संस्थागत र व्यक्तिगत रुपमा आबद्ध सदस्यहरुबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको निर्वाचन संयोजक नवदीप श्रेष्ठले जानकारी दिए  ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको संस्थागत विकाका लागि सन् १९९२ मा गैरनाफामूलक संस्थाको रूपमा स्थापित कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति विज्ञ, र व्यवसायीहरूको छाता संगठन हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top