२०८१, १५ बैशाख शनिबार

सेनाद्वारा अपाङ्गमैत्री शौचालय निर्माण

डबली खबर     श्रावण १० २०७९ १८:४५

nepal army made disability public toilet in prithvi narayan smarak nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेपाली सेनाले विदुर नगरपालिका–५ देविघाटमा अपाङ्गमैत्री शौचालय निर्माण गरेको छ । पृथ्वीनारायण शाहको देहावसान भएको स्थानको संरक्षण तथा सम्वर्द्धन गर्न पृथ्वी स्मारक पार्कभित्र जबरजंग गणले तीनकोठे अपाङ्गमैत्री शौचालय निर्माण गरेका हुन् ।

मंगलबार मध्य कमाण्ड हेडक्वाटरका सेनापति उपरथी बाबुराम श्रेष्ठ उक्त शौचालयको उद्घाटन गरेका हुन् । अपाङ्गता भएका व्यक्तिलाई समेत सहज होस्, भनेर उक्त शौचालय निर्माण गरिएको सेनापति श्रेष्ठले बताए । 

शौचालय पृथ्वी स्मारक संरक्षण समितिका अध्यक्ष गोविन्द चित्रकारलाई हस्तान्तरण गरिएको छ ।

मध्य कमाण्डका सेनापति श्रेष्ठको निर्देशनमा शौचालय निर्माणसँगै उक्त स्मारक पार्कमा दुईसय ५ मिटर पर्खाल लगाउनुको साथै तीनतर्फ रेलिङ्ग समेत राखिएको नेपाली सेनाले जनाएको छ । साथै, शालिक रहेको स्थानमा वरिपरि २४० फिटको स्टिल रेलिङ्ग र आगन्तुकहरु विश्रामको लागि तीनवटा फलामको फलैचा समेत निर्माण गरिएको छ ।

शिघ्र प्रभावी योजना अन्तर्गत २२ लाख ४७ हजार ३२९ लागतमा सेनाले उक्त कार्य गरिएको जबरजंगका गणपति अरुण कार्कीले जानकारी दिए ।

नेपाली सेनाले नागरिक-सैनिक सम्बन्ध सुदृढ गर्नको लागि समाजका विभिन्न क्षेत्रमा द्वन्द, शान्ति र विपद्को समयमा आवश्यकता अनुरुपका कार्य गर्दै आईरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top