२०८१, १३ बैशाख बिहीबार

कवितामा नुवाकोट ग्लोरीकी ननिशा प्रथम

डबली खबर     असार २६ २०७९ १८:०५

nuwakot pabson program winner of poem competition
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटद्वारा आयोजित कविता लेखन तथा वाचनमा नुवाकोट ग्लोरी इङ्गलिस बोर्डिंङ स्कुलकी ननिशा कँडेल प्रथम भएकी छिन् ।

प्रतियोगितामा उनीले सर्वाधिक अंक ल्याएर प्रथम स्थान हासिल गरेकी निर्णायक संयोजक शिवसुन्दर पुडासैनीले जानकारी दिए । उनीले ७१.६६ प्रतिशत अंक हासिल गरेकी छिन् ।

यस्तै, अर्किड एकेडेमीका सुबिन तामाङ द्वितीय (६८), जेडी सेकेण्डरी बोर्डिंङ स्कुलकी डोल्मा तामाङ तृतीय (६६.६६) र जेडीकै पुजा यादव (६६) ले सान्त्वना प्राप्त गरिन् । विजेताले प्रमाणपत्र र पुरस्कार प्रदान गरेका छन् ।

“मेरो देश” शिर्षक दिईएको प्रतियोगितामा नौ विद्यालयका १६ विद्यार्थीहरुको सहभागिता रहेको थियो । जसमा छात्रा ११ र छात्र ५ जनाले कविता लेखन र वाचन गरेका थिए ।

प्रतियोगिताको प्रतिस्पर्धीका लेखन, वाचन, शब्द, प्रस्तुती, लयलगायतका प्रावधानहरुलाई लिएर निर्णय गरिएको निर्णायक मण्डलका संयोजक पुडासैनीले बताए । निर्णायक मण्डलमा गोविन्दप्रसाद आचार्य र तुलसा अधिकारी पनि थिए ।

वार्षिक कार्यक्रम अन्तर्गत यस महिनामा कविता लेखन तथा वचन प्रतियोगिता गरिएको प्याब्सन नुवाकोटका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए । विद्यालय पहिचानको लागि हरेक कार्यक्रम प्याब्सन नुवाकोटका सदस्यका फरकफरक विद्यालयमा गरिएको बताए ।

कार्यक्रममा जेष्ठ २९ गते भएको चित्रकला प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top