२०८०, १६ चैत्र शुक्रबार

विद्यालय र संस्कृतिमाथि चित्रकला, गणेश र सियोन प्रथम

डबली खबर     असार २ २०७९ १९:०३

siyon shrestha wins drawing competition in pabson nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटले विद्यालय र संस्कृतिमाथि चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

जेठ २९ गते भएको प्रतियोगितामा “हाम्रो विद्यालय” र “हाम्रो परम्परा र संस्कृति” विषयमा जिल्लाभरका प्याब्सनमा आवद्ध १३ विद्यालयबाट ५० जना विद्यार्थीले चित्र कोरेका थिए । विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रष्फुटनको लागि प्याब्सन नुवाकोटको वार्षिक कार्यक्रम अन्तर्गत हरेक महिनाको अन्तिम आईतबार अतिरिक्त क्रियाकलापहरु तय भए बमोजिम चित्रकला प्रतियोगिता गरिएको प्याब्सन नुवाकोटका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए ।

चित्रकलाको विषय र निर्णायकमण्डल गोप्य राखी गरिएको प्रतियोगितामा २८ छात्रा र २२ छात्रको सहभागिता थियो । प्रतियोगितामा कक्षा १ देखि ३ लाई समूह “क” र कक्षा ४ देखि ५ लाई समुह “ख” गरी दुई समुहमा चित्रकला गराईएको थियो ।

प्रतियोगितामा कक्षा १-३ समुह अन्तर्गत तारुका हिल इङ्गलिसका गणेश अछामी प्रथम, त्रिशुली सामुदायिक बोर्डिंङ स्कुलका आयुष अधिकारी द्वितीय र सामुदायिक विद्या मन्दिरका कृषा अधिकारी तृतीय भएका छन्। यस्तै, चौघडा प्रोग्रेसिभ इङ्गलिस स्कुलका विजय मल्लले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा कक्षा ४-५ समुह अन्तर्गत सुभेनियर बोर्डिंङ स्कुलका सियोन आलेमगर प्रथम, भुपेन्द्र मेमोरियल बालबाटिकाका आशिष तामाङ द्वितीय र सामुदायिक विद्या मन्दिरका समीक्षा श्रेष्ठ तृतीय भएका छन्। यस्तै, त्रिशुली सामुदायिक बोर्डिंङ स्कुलका प्रतिक्षा तामाङले सान्त्वना पुरस्कार प्राप्त गरेकी छिन् ।

विजयी हुनेलाई यहि असार २६ गते हुने प्याब्सनको कार्यक्रममा पुरस्कार वितरण गरिने प्याब्सन अध्यक्ष कार्कीले जानकारी दिए ।

प्रतियोगिताका सहभागी गणेश भ्यु इङ्गलिस बोर्डिंङ स्कुलकी प्राश्ना तिमिल्सिनाले नयाँ साथीहरु भेट्न पाउँदा र प्रतियोगितामा सहभागि हुन पाउँदा खुशी व्यक्त गरिन् । सोभिनियर बोर्डिंङ स्कुलका कक्षा ३ मा अध्ययनरत छात्र स्पन्दन श्रेष्ठले प्रतियोगितामा आफ्नो पहिलो सहभागीता रहेकोमा खुशी व्यक्त गरे ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top