२०८१, १३ बैशाख बिहीबार

श्रेष्ठको हाईकु संग्रह “समयचक्र” विमोचित, तीन स्रस्टा सम्मानित

डबली खबर     असार १६ २०७९ ०६:४२

shreeram shrestha
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – साहित्यकार श्रीराम श्रेष्ठको हाईकु संग्रह “समयचक्र” पुस्तक विमोचित भएको छ ।

नुवाकोट साहित्य प्रतिष्ठान नेपालको १५ औं वार्षिकोत्सव समारोह तथा स्रष्टा सम्मान र कृति विमोचनमा पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले उक्त पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै नेता डा. महतले सभ्य र विकसित समाजको लागि साहित्य, कला, संस्कृति, संगीतको नितान्त आवश्यक हुने बताए ।

प्रतिष्ठानको संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठले यस अघि “नेपाली जनजातीय संस्कार र संस्कृति” बजारमा ल्याएका थिए । श्रेष्ठका करिब डेढ दर्जन कृति प्रकाशित भइसकेका छन् ।

समारोहमा प्रतिष्ठानले नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान गरेबापत् उमेश राई अकिञ्चन (विराटनगर) र अमृता स्मृती (धादिङ)लाई महामण्डल युवा साहित्य सम्मानबाट सम्मानित गरिएको छ । यस्तै, कमलादेवी तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मानबाट अञ्जना पौडेल (लमजुङ) सम्मानित भएकी छिन् ।

सम्मानित व्यक्तित्वहरुलाई नेता डा. महतले सम्मानपत्र र खादा लगाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलले जानकारी दिए ।

साहित्यिक गोष्ठीमा सम्मानित व्यक्तित्व अमृता स्मृति, कविन्द्र घिमिरे, उमेश राई, बुनु लामिछाने, अञ्जना पौडेललगायतले रचना वाचन गरेका थिए । 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top