२०७९, ३० श्रावण सोमबार

नुवाकोटमा अध्ययनको लागि पाठ्यपुस्तक अभाव, पठनपाठनमा समस्या

डबली खबर     जेष्ठ १८ २०७९ १४:४०

educational book
Diyo Pathshala Montessori

नुवाकोट – नयाँ शैक्षिक सत्र सुरु भएको दुई साता बितिसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् । पुस्तक पसलहरूमा किताब लिन आउने विद्यार्थीको भीड लाग्ने गरेको छ । विद्यार्थीबीचमा पनि पुस्तक कहिले आउने र गृहकार्य गर्ने बारे पुस्तककै चर्चा छ ।

सरकारले निःशुल्क उपलब्ध गराउने किताब नै अभाव भएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको त्रिशुलीस्थित त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयका सहप्रधानाध्यापक राजेन्द्र दवाडीले बताए । सरकारी माध्यमबाट अध्यापन हुने कक्षा १ देखि कक्षा १० सम्मकै पाठ्यपुस्तक अभाव भएको छ । कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक सबै परिवर्तन भएकोले पठनपाठन असहज भईरहेको बताए । पुस्तक नआएका विषयगतका शिक्षकले नै आफै प्रश्नावली तयारगरी पाठ्यपुस्तक अभावकै बीच पठनपाठन थालेका छन् । किताब अभाव भएकाले पाठ्यक्रमअनुसार अध्ययन गराउने र गृहकार्यमा केन्द्रित गरिएको सहप्रधानाध्यापक दवाडीले बताए । जेठ महिनाभित्रमा सबै कक्षाको बाँकी पुस्तक आउने जानकारी भएको उनले बताए ।

म्यागङ गाउँकार्यपालिकाको कार्यालयका शिक्षा अधिकृत शेरसिंह रावतका अनुसार सामुदायिक विद्यालयका पुस्तकहरु पूर्ण रुपले नआएको जानकारी दिए । पुस्तक किन्नकोलागि विद्यालयलाई नै बजेट विनियोजन गरिएतापनि बजारमा पुस्तक अभावले अध्यापनमा समस्या भएको बताए।

प्याबसन नुवाकोटका अध्यक्ष एवम् सोभिनियर बोर्डिंङका प्रधानाध्यापक ताराबहादुर कार्कीले निजी विद्यालयमा अध्यापन गराईने पाठ्यपुस्तकहरु धेरै मात्रमा आईसकेको छ भने केहि बाँकी पुस्तक मात्र आउने क्रममै रहेको बताए । व्यवसायीले विद्यालयको विद्यार्थी संख्या हेरेर पुस्तक मगाउने भएकोले केहि असहज हुन गएको उनले बताए । जेठ ३ गतेबाट अध्यापन सुरु भएतापनि सबै पुस्तक नआउँदा भने शिक्षक र विद्यार्थीलाई असहज भएको उनले बताए ।

विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका हुन् । किताब आयोकि भनेर पसल चाहार्नु पर्ने बाध्यता रहेको कक्षा ३ मा अध्ययनरत छात्रका अभिभावक पम्फा श्रेष्ठले बताईन् । पाठ्यपुस्तक अभाव हुँदा आफ्ना छोरालाई अध्ययन गर्न असहज भएको गुनासो गरिन् ।

विदुर वडा नं. ९ हात्तिगौड़ामा पुस्तक तथा स्टेसनरी पसल सञ्चालन गर्दै आएका प्रतिक बुक्स एण्ड स्टेशनरीका प्रोप्राइटर एवं नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ नुवाकोटका द्वितीय उपाध्यक्ष गोकर्ण रोक्काले शैक्षिक सत्र सुरु भइसक्दा पनि सामुदायिक र निजीका पुस्तकहरु सबै नआईसकेको बताए । गत सातामात्र पेट्रोलियम पदार्थको मुल्य वृद्धिले गर्दा मालसामान ढुवानीकर्ताले पनि ढुवानी शुल्क वृद्धिको विविध माग राखी ढुवानी बन्द गरेको थियो। जसले गर्दा पाठ्यपुस्तक आउन ढिलाई भएको उनले बताए । कतिपय विद्यालयलेनै पुस्तक बिक्रि वितरण गरिएको पाईएको छ जसले गर्दा व्यवसायी मर्कामा परेको उनले बताए ।

यसअघिका वर्षमा शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पुस्तक उपलब्ध गराइँदै आएको थियो ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top