+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तहको वेबसाईटमा उम्मेदवारको नाम र फोटो यथावत

district coordination committee nuwakot website
डबली खबर
४ साल अगाडी

नुवाकोट – स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवारी दिएका वहालवाला व्यक्तिको विवरण स्थानीय तहको आधिकारिक वेबसाईटमा यथावत नै रहेको छ ।

जिल्ला समन्वय समिति नुवाकोट, एक नगरपालिका र सात गाउँपालिकाले उक्त उम्मेदवारी दिएका व्यक्तिको नाम र फोटो हटाईएको छैन । स्थानीय तह सदस्य निर्वाचन हुन दुई दिन बाँकी रहदाँसम्म पनि स्थानीय तहले उक्त व्यक्तिहरुको विवरण हटाउन सकेका छैनन्।

जिल्ला समन्वय समिति नुवाकोटले तादी गाउँपालिकाबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका सन्तमान तामाङको नाम, पद र फोटो हटाईएको छैन ।

उम्मेदवारी दिएर निर्वाचनमा होमिएका व्यक्तिहरुको विवरण नहटाउनेमा बेलकोटगढी नगरपालिका, ककनी गाउँपालिका, तारकेश्वर गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पन्चकन्या गाउँपालिका, लिखु गाउँपालिका, शिवपुरी गाउँपालिका र सुर्यगढ़ी गाउँपालिका रहेका छन् । अन्य स्थानीय तहले भने पूर्ण विवरण हटाएका छन् ।

मनोनयन दर्ता गर्दा राजीनामा दिनुपर्ने र उम्मेदवारी दिएपछि पद खारेजी हुने प्रावधान रहेतापनि नुवाकोटका स्थानीय तहको वेबसाईटमा भने उम्मेदवारी दिएका प्रमुख, उपप्रमुख र वडाध्यक्ष र वडासदस्यहरुको नाम अझै वेबसाईटमै रहेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ