२०७९, ३० श्रावण सोमबार

थापा उत्कृष्ट व्यवस्थापकबाट सम्मानित

डबली खबर     चैत्र २० २०७८ १७:३४

best of the manager ajay thapa in nuwakot cooperative
Diyo Pathshala Montessori

बट्टार – संगम बचत तथा ऋण सहकारी सँस्थाका व्यवस्थापक अजयकुमार थापा उत्कृष्ट व्यवस्थापकबाट सम्मनित भएका छन् ।

आईतबार एक कार्यक्रमबीच उनलाई जिल्ला सहकारी संघ नुवाकोटले उक्त सम्मानबाट सम्मानित गरिएको हो । ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले सम्मानपत्रसहित खादा ओढाई सम्मान गरेका हुन् ।

सहकारीको सिद्धान्त, मुल्य मान्यताभित्र रही लामोसमयदेखि सहकारी संस्थाको प्रबर्द्धन, विकास र संस्थागत सुशासनमा उल्लेखनीय भूमिका निर्वाह गरि योगदान पुर्याएकोले उच्च मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको संघका अध्यक्ष गोकर्णनाथ न्यौपानेले जानकारी दिए । संघमा आबद्धता भएका सहकारीहरु मध्येबाट यसवर्ष उनलाई सम्मान गरिएको हो ।

नुवाकोट जिल्ला पहिलोपटक उनकै कार्यकालमा उक्त सहकारीले मोबाइल बैकिङ सेवा सञ्चालनमा ल्याएको थियो ।

उनले जिल्लागत तथा राष्ट्रिय सहकारी सम्बन्धी तालिम लिएका छन् । ०६४ सालमा उक्त सहकारीमा क्यसियरको रुपमा आबद्ध भएका थिए । उनले ०७३ देखि व्यवस्थापकको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top