२०८१, १३ बैशाख बिहीबार

दुर्घटनामा एक गम्भीर घाईते

डबली खबर     फाल्गुन २५ २०७८ १९:४१

bus accident patient Heli charter rescue
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – यात्रुबाहक बस र मोटरसाइकल अनियन्त्रित भई एकआपसमा ठोक्किदा एक जना गम्भीर घाइते भएका छन् ।

काठमाडौँबाट त्रिशुली आउँदै गरेको बा ५ ख ८२३४ नम्बरको टिमुरे यातायातको यात्रुबाहक बस र विदुर नगरपालिका वडा नम्बर ३ सिर्खालीबाट मुख्य सडकमा आउँदै गरेको बागमती प्रदेश ०२–००२ प ८५५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

बेलकोटगढी नगरपालिका वडा नम्बर ८ कासिटारमा भएको दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार बेलकोटगढी नपा-८ ठुलोखोलाका राजु श्रेष्ठ गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

यस्तै, मोटरसाइकल चालक विदुर नपा-३ सिर्खालीका बालकृष्ण अधिकारी सामान्य घाईते भएका छन् ।

घाइतेहरुको त्रिशुली अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि हेलिकप्टरमार्फत् काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात् आफन्त र स्थानीयले बसको अगाडिको सिसा फुटाई क्षति पुर्याएका छन् ।

बस चालकसहित बस र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top