२०८१, १३ बैशाख बिहीबार

युक्रेनमाथि युद्ध रोक्न नुवाकोटमा प्रदर्शन

डबली खबर     फाल्गुन २० २०७८ १७:४०

Hurpes Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – रुस र युक्रेनबीच भइरहेको युद्धलाई रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाज नुवाकोटले प्रदर्शन गरेको छ ।

शुक्रबार मानव अधिकार तथा शान्ति समाज नुवाकोटले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवर्द्धन गर्न माग गर्दै सदरमुकाम विदुरमा प्रदर्शन गरेको हो ।

देशभर मानव अधिकार तथा शान्ति समाजको कार्यक्रमअनुसार विरोध प्रदर्शन गरिएको संघका सभापति नारायण श्रेष्ठले बताए ।

प्रदर्शनमा सहभागी मानव अधिकारकर्मीहरुले युक्रेनमाथि अतिक्रमण बन्द गर्, तत्काल सैनिक फिर्ता गर्, शान्ति प्रबर्द्धनमा जोड दिऔँ, युद्ध रोकौँ लगायतका प्लेकार्ड लिएर १५ मिनेट प्रदर्शन गरेका थिए ।

पछिल्लो समयमा युक्रेनमा रुसले आक्रमण गर्नसक्ने भन्दै त्यसको विश्वव्यापी बिरोध भइरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top