२०८१, १४ बैशाख शुक्रबार

प्रथम शिवपुरी वडाकप फुटबलको उपाधी वडा नम्बर ६ लाई

डबली खबर     फाल्गुन १७ २०७८ १८:१९

Shivapuri Ward Cup Football Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ६ ले उचालेको छ ।

शेरा बगर विकास समाजद्वारा आयोजित शिवपुरी गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय रंगशालामा भएको भएको हो ।

आज भएको फाईनल खेलमा शिवपुरी गाउँपालिका वडा नम्बर ५ समुहलाई शून्यको विरुद्ध १ गोल गर्दै वडा नम्बर ६ ले जित हासिल गरेको हो । सो टीमका अशोक तामाङले निर्णायक गोल गरेका हुन् ।

विजयीले एक लाख, उपविजेताले ५० हजार नगद र ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा वडा नं. ६ का गोलकिपर अमृत जिसी उत्कृष्ट गोलकिपर, वडा नं. ५ का अलिक रुम्बा उत्कृष्ट डिफेन्डर, वडा नं. ३ का सञ्जिव तामाङ उत्कृष्ट मिडफिल्डर, वडा नं. ५ का कुन्जन खड्का उत्कृष्ट फरवार्ड तथा वडा नं. ६ का अनिश जिसी उच्च गोलकर्ता घोषित भए । उनीहरुले जनही नगद ३ हजार पुरस्कार र ट्रफी पाए ।

त्यस्तै वडा नं. ६ का खेलाडी आलिग तामाङ प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । उनले नगद ७ हजार र ट्रफी प्राप्त गर्नुभएको छ ।

शिवपुरी गाउँपालिकाका ८ वटा वडा मध्ये ७ वटा वडाले भाग लिएको प्रतियोगिताको समूह ए मा ३ वटा वडा र समूह बी मा ४ वटा वडा खेलेका थिए । 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top