२०७९, २६ श्रावण बिहीबार

बुद्धिमाया कर्पोरेट फुटसल चैत्र १९ मा हुँदै

डबली खबर     फाल्गुन १७ २०७८ १४:३८

indoor futsal
Diyo Pathshala Montessori

नुवाकोट – बुद्धिमाया स्मृति संस्थाको आयोजनामा यहि चैत्र १९ गते एकदिने “प्रथम कर्पोरेट फुटसल” प्रतियोगिता हुने भएको छ ।

लामो समयदेखि कोरोनाले थालिएको समाजलाई शारीरिक तथा मानसिक रुपमा बलियो बनाउन खेलकुदको ठुलो भूमिका भएकोले प्रतियोगिताको आयोजना गर्न लागिएको बुद्धिमाया स्मृतिका सचिव मनिष नगरकोटीले बताए ।

फुटसल प्रतियोगिताको लागि समुह दर्ताका तीनहजार रुपैंयाँ लाग्नेछ । चैत्र १५ गते मंगलबार समुह दर्ता गर्ने अन्तिम दिन रहेको छ । समूहमा आठ खेलाडी हुनुपर्ने छ ।

नुवाकोट फुटसल खेलमैदानमा हुने प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः २५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिता बारे थप जानकारीको लागि सचिवको मोबाइल ९८५१०७५०१३ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top