२०८१, १४ बैशाख शुक्रबार

नुवाकोट नेत्रहीन संघमा निश्चल राेक्का

डबली खबर     फाल्गुन १४ २०७८ १८:५२

nuwakot blind association
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । नुवाकोट नेत्रहीन संघको १४ औं साधारणसभा तथा पाँचौं जिल्ला अधिवेशनले निश्चल राेक्काको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

शनिबार विदुरमा भएको अधिवेशनले नयाँ कार्यसमितिको उपाध्यक्षमा लाेकनाथ फुयाँल, काेषाध्यक्षमा शुसिला घीमिरे, सचिवमा गेाकर्ण न्यैापाने र सहसचिवमा राजकुमार अधिकारी निर्वाचित भएका छन् ।

सदस्यहरुमा शालिकराम नेपाल, सन्तमाया तामाङ, मनाेहरिसा थापामगर र बिमला तामाङ रहेका छन् ।

संघलाई आगामी ३ वर्षभित्रमा आन्तरिक व्यवस्थापन र बाह्य सम्बन्धमा अब्बल बनाउने, कोभिड सङ्क्रमणबाट सिर्जित परिस्थितिअनुरुप स्वास्थ्य, शिक्षा, रोजगार र स्वरोजगार, सूचना प्रविधि, सशक्तिकरण, क्षमता अभिवृद्धिलगायत क्रियाकलापलाई प्रभावकारी ढंगबाट अगाडि बढाउने संघले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top