+
Search

ताजा अपडेट +

पपुलर +

जिल्लास्तरमा एकैदिन तीन बिरामीको दुरबिनबाट पित्तथैलीको पत्थरीको शल्यक्रिया

Laparoscopy trishuli hospital
डबली खबर
४ साल अगाडी

नुवाकोट – त्रिशुली अस्पतालमा ल्याप्रोस्कोपिक विधिबाट पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया गरिएको छ।

शनिबार अस्पतालका जनरल सर्जन डा. प्रेमप्रकाश पौडेल र एनेस्थेसियोलोजिस्ट डा. रिमा खड्काको नेतृत्वमा चिकित्सकहरुको टोलीले दूरबिनबाट पत्थरीको शल्यक्रिया गरेको हो।

अस्पतालमा पहिलोपटक एकैदिनमा तीन बिरामीहरुको दूरबिनबाट पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया गरिएको जनरल सर्जन डा. पौडेलले जानकारी दिए। यस विधिबाट जिल्लास्तरमा दुरबिनबाट शल्यक्रिया एकैदिन तीन बिरामीको शल्यक्रिया गरिनु नेपालमा पहिलो भएको उनले दावी गरे ।

‘बिरामीहरुको पित्तथैलीमा रहेको पत्थरी एउटा ठोस पदार्थ ढुंगाजस्तो थियो। त्यसलाई हामीले दूरबिनबाट निकालेका हौँ।’ डा. पौडेलले भने, ‘ दुरबिनबाट अपरेशन गर्दा घाउ सानो हुन्छ र बिरामीलाई पनि सहज हुने गर्दछ’, डा. पौडेलले भने, ‘यसघि दुरबिनबिना अपरेशन गर्दा घाउ बढी हुने गर्दथ्यो । अस्पतालमा  पित्तथैलीको पत्थरीको भने ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गरिएको यो पहिलोपटक हो।’

पित्तथैलीको पत्थरीले पछि गएर क्यान्सरसमेत हुन सक्छ। त्यसैले यसको समयमै उपचार गरिहाल्ने सल्लाह दिए।

अहिले बिरामीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको डा. पौडेलले जानकारी दिए ।

यो पनि,
त्रिशुली अस्पतालमा पित्तथैली पत्थरीको शल्यक्रिया
आश्विन १७, २०७८

पित्तथैलीमा पत्थरी भएको कुरा सामान्य अवस्थामा कुनै लक्षण देखा पर्दैन। तर पित्तथैलीको पत्थरी बढ्दै गएमा लक्षणहरु देखिन थाल्ने चिकित्कसहरुको भनाइ छ। माथिल्लो पेट र पिठियुँ दुख्ने, पेट पोल्ने, वाकवाकी लाग्ने, बान्ता हुने बढी ग्यासले पेट भारी हुने जस्ता लक्षण देखिने डा. पौडेलले बताए।

अस्पतालले गत हप्तामात्र ल्याप्रोस्कोपिक उपकरण जडान गरेको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ