२०८१, १३ बैशाख बिहीबार

त्रिशुली अस्पतालमा आँखा उपचार सुरु

डबली खबर     माघ २ २०७८ १७:५६

trishuli hospital covid19 ambulance hotline services
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटको कोलनीमा रहेको त्रिशुली अस्पतालले आज (आईतबार)देखि आँखा उपचार सेवा सुरु गरेको छ ।

सरकारी अस्पतालहरुमा देशकै शिर्ष अस्पतालमा स्तरीकरण भएपछि त्रिशुली अस्पतालले यस आँखा उपचार सेवालाई पनि सञ्चालन गरेको अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बताए ।

अस्पतालले आँखा उपचार सेवा सञ्चालनका लागि नयाँ भवनको दोस्रो तलामा ओपीडी विभाग स्थापना गरेर आज औपचारिक सेवा सुरु गरेको हो ।

अस्पतालका मेडीकल सुपरिटेन्टेड डा. दिपेन्द्र पाण्डेले आँखा उपचार सेवा सुरुआति चरणमा अस्पतालमा सामान्य आँखाको जाँच मात्र हुने बताए ।

“स्वास्थ्य मन्त्रालयमा विशेषज्ञ चिकित्सकको लागि निवेदन पठाई सकेका छौं”, उनले भने “तत्काल बिरामीको आँखा शल्यक्रियाको तिलगंगा आँखा प्रतिष्ठानसँग पनि प्रक्रियागत रुपमा कुरा भइरहेको छ । मधुमेह लगायत अन्य रोगहरुका बिरामीको अवस्थाकारण आँखा जाँच सेवालाई पनि सुरु गरेको हौं ।”

बिरामीको चाप बढ्दै गएपछि विस्तारै शल्यक्रिया उपकरण र विशेषज्ञ चिकित्सकको सहजतापछि आँखाका बिरामीका शल्यक्रिया पनि अस्पतालमा गरिने उनले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top