२०८०, ४ चैत्र आईतवार

वडास्तरीय ब्याडमिन्टन च्याम्पियन

डबली खबर     आश्विन २३ २०७८ ०९:३९

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिका वडा नम्वर ९ मा ब्याडमिन्टन प्रतियोगिता आज (शनिबार) सम्पन्न भएको छ । नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा आयोजित तेस्रो वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

आज सम्पन्न तेस्रो वडास्तरीय ब्याडमिन्टन प्रतियोगिताको फाईनलको पहिलो खेलमा पारस अधिकारी र बसन्त तामाङको टिम र दोस्रो खेलमा राजेन्द्र श्रेष्ठ र श्याम महर्जनको टिम विजयी भएका छन् ।

पहिलो खेलमा पारस अधिकारी र बसन्त तामाङको टिमले राकेश तामाङ र नारायण कोईरालाको टिमलाई २१-१३ र २१-१५ सेटमा हराएका हुन् । यस्तै, दोस्रो खेलमा राजेन्द्र श्रेष्ठ र श्याम महर्जनको टिमले विष्णु प्याकुरेल र बिक्रम भण्डारीको टिमलाई २१-११ र २१-८ सेटमा हराएका हुन् । विजेता र उपविजेताले क्रमश: प्रथम टिमले ब्याडमिन्टन र्‍याकेट र ब्याट, द्वितीय टिमले ब्याडमिन्टन ब्याट प्राप्त गरेका छन् । साथै विजेताहरुले शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेताहरुलाई विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, उपमेयर गीताकुमारी दाहाल, १ नम्बरका वडाध्यक्ष लेलिन रञ्जित, ५ नम्बरका वडाध्यक्ष शिवकुमार चित्रकार लगायतले पुरस्कार वितरण गरेका छन् ।

खेलमा समूह ‘ए’ मा ५ टिम र समूह ‘बि’ मा १० टिम खेलाडीहरुको सहभागिता रहेको थियो । दुवै समूहबाट १/१/ टिमलाई विजेता घोषणा गरिएको विदुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष शनि चित्रकारले जानकारी दिए ।

खेलमा नुवाकोट ब्याडमिन्टन संघकातर्फबाट बुद्धिलाल नगरकोटि र अनुप बस्नेतको टिमले निर्णायक भूमिका खेलेका थिए ।

नुवाकोट ब्याडमिन्टन एसोसिएसनको संयोजन भएको प्रतियोगितामा १३ टिममा २६ जना पुरुष खेलाडीहरुको सहभागिता रहेको थियो ।

खेलमा भगवती कागज उद्योगले सबै खेलाडीहरूको लागि जर्सी उपलब्ध गराएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top