२०८१, १४ बैशाख शुक्रबार

तेस्रो वडाकप ब्याडमिन्टन सुरु

डबली खबर     आश्विन २१ २०७८ ०८:०५

badminton tournament nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – बडा दशैंको अवसरमा विदुर नगरपालिका वडा नम्बर ९ कोलनीमा ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि शुरु भएको छ।

९ नम्बर वडा कार्यालयको आयोजना भएको तेस्रो वडा कप ब्याडमिन्टन प्रतियोगितामा १२ टिमको सहभागिता रहेको वडाध्यक्ष शनि चित्रकारले जानकारी दिए । प्रतियोगिता असोज २० गतेदेखि २३ गतेसम्म संचालन हुनेछ ।

तीन समुह चरणमा खेलाईने प्रतियोगिता असोज २२ गते सेमिफाइनल र असोज २३ गते फाईनल हुनेछ । वडा क्षेत्रका प्रतियोगीहरु रहेको खेलमा जोडीरुपमा खेलाईएको छ ।

नुवाकोट ब्याडमिन्टन एसोसिएसनको संयोजनमा भएको खेलमा प्रथम हुनेले ब्याडमिन्टन र्‍याकेट, द्वितीय हुनेले ब्याडमिन्टन प्राप्त गर्ने वडा कार्यालयले जनाएको छ । साथै विजेताले मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top