२०८१, ७ बैशाख शुक्रबार

खुला देउडी फुटबल प्रतियोगिता हुने

डबली खबर     आश्विन १५ २०७८ १८:२४

Deudi Football 2078 Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – दशैं तिहारको अवसरमा देउडी युथ क्लबको आयोजनामा खुला फुटबल प्रतियोगिता हुने भएको छ ।

विदुर नगरपालिका वडा नम्बर १३ स्थानीय युवाहरुको प्रयासमा यहि असोज २२ गते देउडी खेल मैदानमा फुटबल प्रतियोगिता हुने प्रतियोगिता संयोजक धिरज तामाङले जानकारी दिए । स्थानीयस्तरमा आयोजना गरिएको हुनाले १३ नम्बर वडा क्षेत्रका टिमले सहभागिता जनाउन सक्ने उनले बताए ।

क्लबले प्रतियोगितामा सहभागिताको असोज २० गतेसम्म टिम दर्ता गर्ने अन्तिम दिन तोकेको छ । टिम दर्ताको लागि दुई हजार रुपैंयाँ लाग्ने छ।

खेलमैदान सानो भएकोले टिममा ७ खेलाडी हुनुपर्नेछ जनाएको छ । यस्तै, खेलाडीहरुको जर्सी, जुत्ता, मोजा, पन्जा, प्याड लगायतका आधारभूत खेलकुद पोशाकमा अनिवार्य हुनुपर्ने छ । प्रतियोगिताको थप जानकारी खेल संयोजक धिरज तामाङलाई ९८४९५६१७७१ मा सम्पर्क गर्न सकिने छ ।

प्रतियोगिताका विजेताहरुको पुरस्कार आउँदो आईतबार मात्रै तोकिने क्लबले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top