२०८१, १३ बैशाख बिहीबार

नुवाकोट युनाईटेड फुटबल क्लबको टोली काठमाडौं प्रस्थान

डबली खबर     आश्विन ८ २०७८ ०७:२९

nuwakot united football club
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – जारी सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिताको लागि नुवाकोट युनाईटेड फुटबल क्लब शुक्रबार काठमाडौं प्रस्थान गरेको छ ।

क्लबलाई बिहिबार एक कार्यक्रमको बिच विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, वडा नम्बर ५ का वडाध्यक्ष शिवकुमार चित्रकार, वडा नम्बर ६ का वडाध्यक्ष राजु सडौला र एन्फा नुवाकोटका पदाधिकारीहरु लगायतले क्लबका टोलिलाई विदाइ गरेका थिए ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा जारी सी डिभिजन छनोट खेलको ग्रुप “वाई” अन्तर्गत नुवाकोट युनाईटेड फुटबल क्लबले अमरसिंह क्लब र गोकर्णेश्वर फुटबल क्लबसँग खेल्ने क्लबक सचिव तथा प्रशिक्षक रविन भुजेलले जानकारी दिए ।

क्लबलाई विभिन्न संघ संस्था र व्यक्तिहरुले छनौट प्रतियोगिताको लागि आवश्यक सामग्री तथा आर्थिक सहयोग गरिएको क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।

एन्फाले आयोजना गरेको तल्लो डिभिजनको यस लिगमा देशभरबाट ७८ क्लबको सहभागीता रहेको छ । ७८ क्लबलाई २६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता टोली दोस्रो चरणको नकआउट समूहमा स्थान बनाउनेछन् । 

ग्रुप समुहको नामावली

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top