२०८१, १३ बैशाख बिहीबार

न्यु स्टार क्लबको टोली काठमाडौं प्रस्थान

डबली खबर     भाद्र २७ २०७८ १२:१२

three star club trishuli nuwakot c division football game
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिताको लागि न्यु स्टार क्लब त्रिशुली काठमाडौं प्रस्थान गरेका छन् ।

आईतबार एक कार्यक्रमको बिच विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले खेलाडीहरु, प्रशिक्षक र व्यवस्थापन टोलीलाई विदाई गरेका हुन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा चलिरहेको सी डिभिजन छनोट खेलको ग्रुप भी अन्तर्गत न्यु स्टार क्लबले मङ्गलबार २९ गते बागमती युवा क्लब सर्लाही र बिहिबार ३१ गते सन्तोष फुटबल क्लब काठमाडौंसँग खेल्ने छन् ।

विदाई कार्यक्रम त्रिशुली दक्षिणकाली महिला समूहको संयोजनमा भएको हो ।

एन्फाले आयोजना गरेको तल्लो डिभिजनको यस लिगमा देशभरबाट ७८ क्लबको सहभागीता रहेको छ । ७८ क्लबलाई २६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता टोली दोस्रो चरणको नकआउट समूहमा स्थान बनाउनेछन् । 

ग्रुप समुहको नामावली

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top