World Tuberculosis Day 2025
sujim advert

‘महामारीमा नियमित रक्तदान जारी राखी जीवन जोगाउने कार्यमा लागिरहेका छौं’- इञ्चार्ज श्रेष्ठ

सुनील श्रेष्ठ     भदौ ७, २०७८

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

laxmi shrestha nuwakot redcross society nepal blood bank
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

विदुर – नेपाल रेडक्रस सोसाइटी नुवाकोटअन्तर्गतको रक्त सञ्चार सेवा केन्द्रले साउनमहिनामा अहिलेसम्मकै बढी रगत प्रवाह गरेको छ । केन्द्रले नुवाकोटकै बिरामीहरुको लागि चालुआर्थिक वर्षको साउन महिनामा ५६ युनिट रक्त प्रवाह गरेका छन् ।

रक्त सञ्चार सेवा केन्द्रकी इञ्चार्ज लक्ष्मी श्रेष्ठले साधारणतया रगत सङ्कलन गरिएको सबै रगत समुहको ४/४ युनिट रगत नुवाकोटकै बिरामीहरुको लागि स्टकमा राख्ने गरेको बताईन् । उनले भनिन् ‘जिल्ला खपत नभएका रगत मात्र भक्तपुरको ब्लड बैंकमा पठाउने गर्छौं। प्राय: महिनामा २० देखि २५ युनिट रगत प्रवाह गरिन्थ्यो। साउन महिनाको तथ्यांक अहिलेसम्मकै उच्च हो ।’

रक्त सञ्चार केन्द्रले गत वर्ष ०७७/७८ मा ७१२ युनिट रगत सङ्कलन र प्रवाह गरेको थियो । जसमा करिब ४५० जति ब्लड बैंकमा पठाएको थियो भने अरु बाँकी जिल्लामै खपत भएको उनले बताईन् ।

‘रक्तदान गर्ने रक्तदाताहरु नाम, ठेगाना, रगत समुह, सम्पर्क नम्बर र रक्तदान गरेको मितिको अभिलेख राख्ने गरेका छौं । रगत आवश्यक परेमा सोही अभिलेखअनुसार नै रक्तदान गर्ने मिति पुगेका रक्तदाताहरुलाई फोन गरी बोलाउछौँ । रक्तदाताको अभिलेख लिखित रुपमै राख्ने गरेका छौं । कुनैपनि सफ्टवेयर प्रयोगमा ल्याएका छैनौं । यसले गर्दा आपतकालिन अवस्था भने असहज हुने गरेको छ ।’

‘जिल्लामा अहिले आममानिसहरुमा रक्तदानको चेतनाले गर्दा रगत सङ्कलन गर्न केहि सहज भएको छ । अभिलेखअनुसार मिति पुगेका रक्तदाताहरुलाई फोन गर्दा सहज रुपमा खुशीका साथ रगत दिन आउँछन् । कोहि नियमित रक्तदाताहरु आफै नै आएर रक्तदान गर्ने गरेको छ ।’

रगत सङ्कलनमा सामाजिक सञ्जाल समुह “ब्लड अन रिक्वेस्ट इन नुवाकोट“को सक्रियतामा जिल्लामा रगत सङ्कलनमा सहज भइरहेको छ । ‘रगत आवश्यक हुनसाथ उक्त समुहका संयोजक मछिन्द्रनरसिंह प्याकुरेललाई हामी सम्पर्क गर्छौं अनि उहाँ स्वयंले रक्तदातालाई सम्पर्क गरेर सहजीकरण गर्नुहुन्छ। सवारीसाधन नहुने रक्तदाताहरुलाई रातदिन नभनि यस केन्द्रसम्म रक्तदानको लागि ल्याउने र पुर्याउने गर्नुहुन्छ ।’

‘महामारीबीच पनि नियमित रक्तदान जारी राखी जीवन जोगाउने कार्यमा लागिरहेका छौं । कोरोनाविरुद्धको खोप लगाएका कारणले गर्दा रगत पूर्ति गर्न केहि असहज पनि भएको छ। पहिले २/३ जना रक्तदातालाई फोन गर्दा रगत सङ्कलन हुन्थ्यो भने अहिले ८ देखि १० जनालाई फोन गर्नुपर्ने बाध्यता छ । खोप लगाएकाहरुको हकमा भने १५ दिन कटेका रक्तदाताहरुको मात्र रगत लिने गरेका छौं ।’

‘डाक्टरको पूर्जीअनुसारनै बिरामीलाई रगत उपलब्ध गराउँछौँ। शरीरमा हेमोग्लोबिनको मात्रा ७ वा कम भएका बिरामीहरुलाई मात्र रगत आवश्यक पर्दछ । क्यान्सर, मिर्गौलाका बिरामी, प्रसूति तथा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई ताजा रगत आवश्यक पर्छ ।’

सङ्कलित रगतलाई उचित व्यवस्थापनको साथ भण्डारण गरेर राख्दछौं । त्यसरी सङ्कलित रगतलाई बढीमा ३५ दिनभित्र प्रयोग गरिन्छ । अहिलेसम्म बढीमा १५ दिनभित्रमानै खपत भएको छ । १५ दिन नाघेका रगतलाई एम्बुलेन्समार्फत ब्लड बैंकमा पठाउने गरेको छ ।

जिल्लामा रगतको अभाव हुन नदिन ९० दिनको अन्तरालमा रक्तदान गर्न सकिनेछ । “रक्तदान जीवन दान” भएकाले नियमित रुपले रक्तदान गर्दा आफ्नो स्वास्थ्य पनि स्वस्थ रहने हुनाले रक्तदान गर्नुपर्ने सल्लाह दिईन् ।

केन्द्रका इञ्चार्ज लक्ष्मी श्रेष्ठले यसअघि मेरी स्टोभ्सअन्तर्गतको गजुरी शाखामा करिब ६ वर्ष र त्यसपछि करिब २ वर्ष जति बुटुवलमा रहेर कार्य गरिसकेकी छिन् । ०७२ सालको महभूकम्पपछि नुवाकोटको रक्त सञ्चार केन्द्रमा इञ्चार्जका रुपमा कार्यरत छिन् ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top