२०८१, १३ बैशाख बिहीबार

सुईरेचौरमा रेस्लिङ प्रतियोगिता हुने

डबली खबर     चैत्र ३० २०७७ ०५:३०

wrestling shivapuri suyire chaur nuwakot 2078 tws dabali khabar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेपाल रेस्लिङ संघको आयोजनामा शिवपुरी गाउँपालिकामा रहेको सुईरेचौरमा आर डब्लु समर स्ल्याम रेस्लिङ प्रतियोगिता हुने भएको छ ।

नयाँ वर्ष २०७८ को अवसरमा हुन लागेको यो महाभिडन्तमा १६ जना खेलाडीले ५ वटा समूहमा प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ ।

हेभी वेट अन्तर्गत राष्ट्रिय रिङ रेस्लिङ विजेता नुवाकोटे टाइगर र चट्टान भिड्ने छन्। त्यस्तै लाइट हेभीतर्फ डेभिड र साइन, हलुका तौलमा एक्स हिरो र सिजे भिड्नेछन्। महिलातर्फ तानु, दिलसा र डेनिकाबीच भिडन्त हुनेछ भने हार्ड कोरतर्फ द युब र थागु भिड्नेछन्। प्रतियोगितामा बिकास खड्काले रेफ्रीको भूमिका निभाउने छन् ।

प्रतियोगिताको लाईट वेट तौल समुहको विजेताले नगद ८ हजार, ट्रिपल थ्रेटले नगद १० हजार, लाईट हेभी वेटको विजेताले नगद १२ हजार, हार्डकोरका विजेताले नगद १५ हजार र हेभी वेट विजेताले नगद २० हजार प्राप्त गर्नेछन्।

आइतबार सुईरेचौरमा पत्रकार सम्मेलन शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले रेस्लिङ प्रतियोगिताबाट सुईरेचौरलाई थप प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए ।

नेपाल रेस्लिङ संघका महासचिव सुर्वण श्रेष्ठ र कोषाध्यक्ष कमल तामाङले राजधानी काठमाडौंदेखि नजिकै रहेको शिवपुरी गाउँपालिकाको पर्यटकीय गन्तव्य सुईरेचौरलाई थप पहिचान दिलाउन प्रतियोगिताले सहयोग पुग्ने बताए ।

प्रतियोगितामा शिवपुरी गाउँपालिका, राष्ट्रिय खेलकुद परिषद, खेलकुद विकास परिषद बागमती प्रदेशको सहयोग रहनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top