२०८१, १४ बैशाख शुक्रबार

शिवपुरी अध्यक्ष गोल्डकपमा विदुर नगरपालिका विजयी

डबली खबर     चैत्र २६ २०७७ ०६:५७

Bidur municipality winner
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – शिवपुरी अध्यक्ष गोल्डकप फुटबलको उपाधि विदुर नगरपालिकाले उचालेको छ ।

फाइनल खेलमा आयोजक शिवपुरी गाउँपालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै विदुरले उपाधि उचालेको हो । विदुरका लागि ४ वटै गोल आकाश रानामगरले गरेका थिए । उनले खेलको १६, १९, ४८ र ५८ औं मिनेटमा गोल गरे । शिवपुरीका लागि १ गोल आशिष थिङले ४३ औं मिनेटमा गरेका थिए । उनले प्रहार गरेको उत्कृष्ट फ्रिकिकले जाली चुमेको थियो ।

जितसँगै विदुर नगरपालिकाले ६ लाख रुपैयाँ नगद र ट्रफी हात पा¥यो । त्यस्तै शिवपुरीले ४ लाख रुपैयाँ नगद र ट्रफी पायो ।

त्यस्तै सुर्यगढीलाई ५–१ ले पराजित गर्दै किस्पाङ गाउँपालिकाले तेस्रो स्थान हासिल ग¥यो । किस्पाङका लागि बुद्धि तामाङ, खेमन तामाङ, पृथ्वीनरसिंह प्याकुरेल र सुमन तामाङले गोल गरे । खेमनले ४२ र ६५ औं मिनेटमा गोल गरेका थिए । किस्पाङले २ लाख रुपैयाँ नगद र ट्रफी प्राप्त गरे ।

प्रतियोगिताभरमा शिवपुरी गाउँपालिकाका खेलाडी मोहन गुरुङ उत्कृष्ट सावित भए । उनले १५ हजार नगद प्राप्त गरे ।

त्यस्तै उच्च गोलकर्ता विदुर नगरपालिकाका आकाश रानामगर, उत्कृष्ट मिडफिल्ड सुर्यगढीका रञ्जित गुरुङ, उत्कृष्ट गोलरक्षक विदुरका सुर्य तामाङ, उत्कृष्ट डिफेन्डर शिवपुरीका अलिक रुम्बा, उत्कृष्ट फरवार्ड शिवपुरीका सागर भण्डारी घोषित भए । उत्कृष्ट खेलाडीहरुलाई जनही नगद ५ हजार प्रदान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि सांसद हितबहादुर तामाङले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top