२०८१, ७ बैशाख शुक्रबार

शिवपुरी अध्यक्ष गोल्डकप: विदुर, किस्पाङ, सुर्यगढी र शिवपुरी सेमिफाइनलमा प्रवेश

डबली खबर     चैत्र २४ २०७७ ०७:३४

shivapuri gold cup football
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – आयोजक शिवपुरी गाउँपालिकासँगै विदुर नगरपालिका, सुर्यगढी गाउँपालिका र किस्पाङ गाउँपालिका शिवपुरी अध्यक्ष गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ककनी गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै आयोजक शिवपुरी गाउँपालिका शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्‍यो । पहिलो हाफमा ककनीको दबाबमा रहेको शिवपुरीले दोस्रो हाफमा ककनीका उत्तम लामाको आत्मघाती गोलबाट अग्रता लियो । त्यसपछि सागर भण्डारीले शिवपुरीका लागि दुई गोल गरे ।

त्यस्तै सुर्यगढी गाउँपालिकाले पञ्चकन्या गाउँपालिकालाई ८–१ को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनायो । सुर्यगढीका लागि रञ्जित गुरुङ र निशान श्रेष्ठले ह्याट्रिक गरे । थप दुई गोल रामराजा श्रेष्ठले गरे । पञ्चकन्याका लागि सञ्जय शाहीले एक गोल फर्काए ।

त्यस्तै बेलकोटगढी नगरपालिका र किस्पाङ गाउँपालिकाबीच भएको खेलमा बेलकोटगढी नगरपालिकाले किस्पाङ १–० ले पराजित गरे पनि नियम विपरित बाहिरको खेलाडी खेलाएको पाइएपछि आयोजकले कारबाही गरी किस्पाङलाई विजयी घोषित ग¥यो । बेलकोटगढी भन्दा बाहिरको खेलाडी खेलाएको भन्दै किस्पाङले उजुरी गरेको थियो ।

shivapuri chairman goldcup football

त्यस्तै अन्तिम क्वाटरफाइनल खेलमा विदुर नगरपालिकाले म्यागङ गाउँपालिकालाई ३–२ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गर्न सफल भयो । विदुरका लागि विकास थापामगर, आकाश रानामगर र विकाश लामिछानेले गोल गरे । म्यागङका लागि अमिन तामाङ र धन बहादुर तामाङले गोल गरे ।

शिवपुरी अध्यक्ष गोल्डकपको सेमिफाइनल खेल मंगलबार र फाइनल खेल बुधबार हुनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top