२०८१, १२ बैशाख बुधबार

शिवपुरी गोल्डकप: विदुर नगरपालिका क्वाटरफाइनलमा प्रवेश

डबली खबर     चैत्र २० २०७७ १९:३६

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिका शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

तादी गाउँपालिकामाथि ५–० को फराकिलो जीत हासिल गर्दै विदुर नगरपालिका क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलमा विदुर नगरपालिकाका आकाश रानामगरले ह्याट्रिक गरे । उनले खेलको १२ औं, ३० औं र ५० औं मिनेटमा गोल गरेका थिए । विदुर नगरपालिकाका लागि साहिल नगरकोटीले २७ र ३१ औं मिनेटमा गोल गरे । खेलमा आकाश रानामगर म्यान अफ द म्याच घोषित भए ।

लिगको आफ्नो दोस्रो खेलमा शिवपुरीले पञ्चकन्या गाउँपालिकालाई ४–० को फराकिलो अन्तरले पराजित गरेपछि समूह ए को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

शिवपुरीका लागि आशिष थिङले खेलको १८ औं मिनेटमा पहिलो गोल गरे । उनले फ्रिकिकमा सुन्दर गोल गरेका थिए । त्यस्तै ३१ औं मिनेटमा अनिल थापाले दोस्रो गोल गरे । शिवपुरीका लागि ६० औं मिनेटमा सागर भण्डारीले र निर्धारित समयपछि थप गरिएको समयको अन्तिम मिनेटमा मोहन गुरुङले गोल गरेपछि शिवपुरीले पञ्चकन्यालाई ४–० गोल अन्तरको फराकिलो जित हात पार्न सफल भयो । शिवपुरीका कप्तान अलिक रुम्बा म्यान अफ द म्याच घोषित भए ।

त्यसैगरी शुक्रबारको दोस्रो खेलमा ककनी गाउँपालिका र तारकेश्वर गाउँपालिकाले २/२ गोलको बराबरी खेले । ककनी गाउँपालिकाले पहिलो हाफमा २ गोल गरेर अग्रता लिएको थियो । ककनीका लागि ७ औं मिनेटमा विश्वास तामाङ र २९ औं मिनेटमा सुशिल तामाङले गोल गरेका थिए ।

तर दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको तारकेश्वरले २ गोल फर्कायो । तारकेश्वरले २ मिनेटमा २ गोल गरेको थियो । रोशन लामाले ५१ औं मिनेटमा र ५२ औं मिनेटमा शिरिष तामाङले गोल गरे । बराबरीपछि तारकेश्वर र ककनीले एक÷एक अंक बाँडेका छन् । ककनी गाउँपालिकाका अशिम लामा म्यान अफ द म्याच घोषित भए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top