२०८०, १० आश्विन बुधबार
social securities awareness bidur municipality

गोल्डकप: शिवपुरी क्वाटरफाइनलमा प्रवेश

डबली खबर     चैत्र २० २०७७ १५:३४

Shivapuri vs Panchakanya
pratik book and stationery center in nuwakot

नुवाकोट – आयोजक शिवपुरी गाउँपालिका “शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता”को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

लिगको आफ्नो दोस्रो खेलमा शिवपुरीले पञ्चकन्या गाउँपालिकालाई ४–० को फराकिलो अन्तरले पराजित गरेपछि समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

शिवपुरीका लागि आशिष थिङले खेलको १८ औं मिनेटमा पहिलो गोल गरे । उनले फ्रिकिकमा सुन्दर गोल गरेका थिए ।

त्यस्तै ३१ औं मिनेटमा अनिल थापाले दोस्रो गोल गरे । शिवपुरीका लागि ६० औं मिनेटमा सागर भण्डारीले र निर्धारित समयपछि थप गरिएको समयको अन्तिम मिनेटमा मोहन गुरुङले गोल गरेपछि शिवपुरीले पञ्चकन्यालाई ४–० गोल अन्तरको फराकिलो जित हात पार्न सफल भयो ।

शिवपुरीका कप्तान अलिक रुम्बा ‘म्यान अफ द म्याच’ घोषित भए ।

त्यसैगरी, शुक्रबारको दोस्रो खेलमा ककनी गाउँपालिका र तारकेश्वर गाउँपालिकाले २/२ गोलको बराबरी खेले । ककनी गाउँपालिकाले पहिलो हाफमा २ गोल गरेर अग्रता लिएको थियो । ककनीका लागि ७ औं मिनेटमा विश्वास तामाङ र २९ औं मिनेटमा सुशिल तामाङले गोल गरेका थिए । तर दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको तारकेश्वरले २ गोल फर्कायो ।

तारकेश्वरले २ मिनेटमा २ गोल गरेको थियो । रोशन लामाले ५१ औं मिनेटमा र ५२ औं मिनेटमा शिरिष तामाङले गोल गरे । बराबरीपछि तारकेश्वर र ककनीले १/१ अंक बाँडेका छन् ।

ककनी गाउँपालिकाका अशिम लामा ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top