२०८१, १३ बैशाख बिहीबार

भोलिदेखि शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता (खेल तालिकासहित)

डबली खबर     चैत्र १७ २०७७ १२:१९

shivapuri chairman goldcup football
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – शिवपुरी गाउँपालिकाको आयोजनामा अन्तरपालिका “शिवपुरी अध्यक्ष गोल्डकप फुटबल” प्रतियोगिता भोलि चैत्र १८ गतेदेखि २५ गतेसम्म हुने भएको छ ।

गाउँपालिकाले आफ्नै महत्वकांक्षी योजना अन्तर्गत निर्माण गरिरहेको वडा नं ७ स्थित ‘शिवपुरी रंगशाला’मा फुटबल खेल आयोजना गर्न लागिएको हो । सो खेलमा नुवाकोटका १२ वटै स्थानीय तहले भाग लिने गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए ।

‘आन्तरिक पर्यटनको प्रवर्द्धन र खेलकुदको संस्कृति विकास गर्न गाउँपालिकाले खेलको आयोजना गरेको हो’, उनले भने ‘आफैले महत्वकांक्षी योजना अन्तर्गत निर्माण अघि बढाएको रंगशालमा प्रतियोगिता आयोजना गर्न पाउँदा खुशी लागेको छ ।’

प्रतियोगिताको उद्घाटन पूर्वअर्थमन्त्री रामशरण महतले गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतियोगिता चार समुहगत चरणमा खेलाईने छ । समुह “ए” मा शिवपुरी गाउँपालिका, दुप्चेश्वर, पन्चकन्या रहेको छ । समुह “बी”मा बेलकोट नगरपालिका, लिखु गाउँपालिका र म्यागङ गाउँपालिका रहेको छ । समुह “सी”मा ककनी गाउँपालिका, सुर्यगढ़ी र तारकेश्वर रहेको छ । यस्तै, समूह “डी” मा विदुर नगरपालिका, किस्पाङ गाउँपालिका र तादी गाउँपालिका रहेको छ ।

लिग खेल चैत्र १८ गतेदेखि २२ गतेसम्म हुने छ । क्वाटरफाइनलम खेल चैत्र २२ गतेदेखि २३ गतेसम्म र सेमिफाइनल चैत्र २४ र २५ गते हुने छ । फाईनल खेल र तेस्रो स्थानको लागि चैत्र २५ गते नै खेलाईने छ ।

प्रतियोगितामा प्रथम हुनेले छ लाख, दोस्रो हुनेले चार लाख र तेस्रो हुनेले दुई लाख प्राप्त गर्नेछ । विजयी सबैले नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top