नुवाकोट – जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा भएको तीन दिने “प्रथम जिल्ला समन्वय खुल्ला ब्याडमिन्टन प्रतियोगिता” शुक्रबार सम्पन्न भएको छ ।
प्रतियोगीतामा समुह ‘ए’ का सरद खड्का र सुरज लामा तथा समुह ‘बि’ का अजेशराज शाक्य र जीवन आचार्यले प्रथम भएका छन् । प्रथम भएका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सांसद बहादुरसिंह लामा तामाङले २० हजार रुपैयाँ सहित मेडल र ट्रफि प्रदान गरे।
समुह ‘ए’ का कुमार डंगोल र विवेक जोशी तथा समुह ‘बि’ का राकेश गुरुङ र बिनय प्रसाद लामिछानेले दोश्रो भए । समुह ‘ए’ का चन्दन घले, श्यामसुन्दर मर्हजन, शिबलाल श्रेष्ठ र रुपक बोडे तृतीय भए ।
समुह ‘बि’ का भिमलाल बज्रचार्य, रुपक बडे, श्रीराम तामाङ र नविन श्रेष्ठ तृतीय भए । दोश्रो भएका खेलाडीहरुलाई जनही १५ हजार र तृतीय भएका खेलाडीहरुलाई जनही १० हजार नगदसहित मेडल र ट्रफि प्रदान गरिएको जिल्ला समन्वय समिति नुवाकोटका प्रवक्ता एवम् कार्यक्रम संयोजक गणेश शाहीले जानकारी दिए ।
प्रतियोगीतामा अजेशराज शाक्य उत्कृष्ठ खेलाडी घोषित भए। उनले ५ हजार नगद पुरस्कार पाए ।
स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नाराको साथ सञ्चालन भएको प्रतियोगीतामा नुवाकोट र रसुवाका गरी ४६ टिमको सहभागिता रहेको थियो ।
प्रतिक्रिया