+
Search

ताजा अपडेट +

पपुलर +

विदुर नगर खेलकुद विकास समितिकाे संयाेजकमा पनेरु

uddav paneru
डबली खबर
५ साल अगाडी

नुवाकोट – विदुर नगरपालिका क्षेत्रभित्रका खेलकुद गतिविधिमा क्रियाशिल र चलयमान गराउँदै खेल क्षेत्रकाे विकास र खेलाडीहरुकाे उत्पादन बढाउने उद्देश्यले नगर खेलकुद विकास समितिकाे संयाेजकमा उद्धव पनेरु चयन भएका छन् ।

मङ्गलबार बसेको नगरकार्यपालिकाकाे बैठकको निर्णयअनुसार नगर खेलकुद विकास समितिकाे संयाेजकमा पनेरु चयन भएकाे हो ।

समितिकाे उपसंयाेजक र एक महिला सहित चार सदस्यहरुकाे मनाेनयन नगर प्रमुखले गर्ने व्यवस्था विधेयकमा रहेकाे छ । नगर प्रमुखले मनाेनित गरेर प्रत्येक वडामा एक जना अध्यक्ष र एक महिलासहित तीन सदस्य समिति निर्माण हुने विधेयकमा व्यवस्था गरिएकाे मेयर सञ्जु पण्डितले जानकारी दिए ।

नुवाकाेटमा खेलकुद क्षेत्रमा लामाे समयदेखि क्रियाशिल हुँदै आएका पनेरु जिल्ला फुटबल संघ नुवाकाेटका उपाध्यक्ष पनि हुन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ