+
Search

ताजा अपडेट +

पपुलर +

दुप्चेश्वर कप भलिबलको उपाधी पञ्चकन्यालाई

डबली खबर
५ साल अगाडी

नुवाकोट- दुप्चेश्वर गाउँपालिकाको आयोजनामा भएको चौथो दुप्चेश्वर कप भलिबल प्रतियोगिताको उपाधी पञ्चकन्या गाउँपालिकाले हात पारेको छ ।

शनिवार सम्पन्न भलिबल प्रतियोगितामा दुप्चेश्वर गाउँपालिका र पञ्चकन्या गाउँपालिका बिच फाइनल खेल भएको थियो ।

पञ्चकन्या गाउँपालिकाले तीनवटै सेटमा विजयी हासिल गर्दै उपाधी जित्न सफल भएको हो । विजेताले एकलाख रुपैयाँ, दोश्रो हुने दुप्चेश्वर गाउँपालिकाले ७५ हजार रुपैयाँ, तेश्रो हुने म्यागङ गाउँपालिकाले ५० हजार रुपैयाँ र सान्त्वना प्राप्त गर्ने तादी गाउँपालिकाले २५ हजार रुपैयाँ सहित ट्रफि प्राप्त गरे ।

फाल्गुण २७ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिका समुहले सहभागी जनाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ