World Tuberculosis Day 2025
sujim advert

“महिला शक्तिशाली छ” – उपाध्यक्ष अञ्जु आचार्य

डबली खबर     फाल्गुन २४, २०७७

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

anju acharya vice chairman of dupcheshwor rural municipality nuwakot
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

१११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जर्मन अन्तर्राष्ट्रिय विकास नियोग (जीआईजेड) नेपालले तयार गरेको नेतृत्वमा महिला विषयक अन्तर्वार्तामा दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले उक्त धारणा व्यक्त गरेकी हुन् । जीआईजेड नेपालका कन्ट्री निर्देशक डा. एल्के फोस्टरले उपाध्यक्ष आचार्यसँग लिएको अन्तर्वाताको अंश:

तपाई एउटा राजनीतिक नेतत्वको भूमिकामा निर्वाह गरि रहनु भएको छ । तपाईले यो क्षेत्र किन रोज्नुभयो र यसका समस्या के-कस्ता छन् भन्ने विषयमा बुज्न चाहन्छु?

नेतृत्वमा महिला यो शब्द नै यतिधेरै शक्तिशाली छ । जसले गर्दा जबसम्म नेतृत्व महिला पुग्न सक्दैन । महिलाका मुद्दाहरु यत्तिकै हुदैँन । नीतिहरु यति धेरै बनेको छ । विश्वव्यापी रुपमा हेर्ने हो भने पनि नीतिहरु केहि पनि कमजोर छैनन् । तर नीतिहरुलाई कार्यन्वयन गर्ने पक्षहरु एकदमै कमजोर रहेको छ । त्यसलाई हेर्ने संयन्त्र छैन। त्यसले गर्दा पनि नीति बनाउँदा पनि महिलाको सहभागिता कम रहेको छ । महिलाको सहभागिता कम भएको कारणले गर्दा सोचेको जस्तो त्यस्ता महिलाहरुको विषयगत मुद्दाहरुमा आवाजहरु निस्किएका छैनन्। महिलाहरुको आवाज बुलन्द पार्न लागि नेतृत्व तहका, नीति बनाउने तहमा महिलाको सहभागिता हुन्छ । त्यो सम्भावना भनेकै निकास दिने भनेकै राजनीतिक नै हो । म यो राजनीतिकमा जान्छु । यो परिवर्तनको संवाहक बनेर मैले केहि हतसम्म निस्केर लागें । यसरि निस्केर लाग्दा, म पनि त्यहीं समुदाय, त्यहीं समाज, त्यहीं संरचनामा हुर्के, बढेको मानिस हो । विश्वास दिन र बाहिरको विश्वास लिने कुरै थिएन । घरपरिवारको पनि विश्वास जित्ने अवस्था थिएन । त्यो छ भनेर म कहिले पछाडी हटिँन । त्यो विश्वास जित्नका लागि र परिवारलाई विस्तारै विश्वास दिलाउदैं, समुदायस्तरसम्म गएर चुनौतीहरुलाई पार गर्दै आज एउटा नेत्रीको रुपमा आएको छु।

तपाई सामाजिक परिचालक समेत रहेको पृष्टभूमिले तपाईको रुचिमा के प्रभाव परेको थियो? तपाईले यसको सहज उपयोग गर्न सक्नुभयो?

जीआईजेडको रिकभरी कार्यक्रम अन्तर्गतको कम्युनिटी फ्यासिलीलेटरको रुपमा कार्य गर्दा मलाई त्यो चुनौतीसँग सामना गर्ने अवसर मिल्यो। जुनबेला महिलाहरु त्यस्ता किसिमको समस्याको पिडामा थियो। मैले महिलाहरुको जीविकोपार्जनको लागि महवपूर्ण नेतृवको भूमिका खेलें । महिला जबसम्म नेतृवको भूमिकामा जान सक्दैन । “कुनै पनि कार्यमा जान सक्दैन तर महिलाको हरेक क्षेत्रमा पहुँच पुर्याउन सके भनेमात्र सम्भव छ” भन्नेबाट प्रभावित भएको बताईन् । महिलालाई केन्द्रमा राखेर कार्य गर्यो भने जीवनस्तर उकास्नका लागि एकदम सम्भावना छ भन्ने त्यो देखेरै नै म अगाडी बढें।

हामीले महिला नेतृव समर्थनको लागि के गर्न सक्छौं?

नेतृवमा महिला आउनको लागि महिलाको मुद्दा भनेको मानव अधिकार हो भनेर बुझिदिन र बुझ्नको लागि क्षमता अभिवृद्धि र जनचेतनामूलक अभियान र अठोट लिएर हिड्नु पर्छ। अर्को कुरा भनेको, महिलाको यौनिकता, गतिशीलता, उत्पदनसँग जोडिएका कुराहरुमा महिला दोस्रोदर्जाको नागरिक हुन् भनेर जसले उपना दिएको छ, त्यो कुरालाई चिर्नका लागि हामीहरूनै लाग्नुपर्छ । घटना घटेपछि त्यसका उपायहरु खोजिन्छ । तर नेतृत्वमा जान चाहनेले पहिले त्यस्ता चुनौतीहरुलाई लिएर गयौं भने । हरेक कुरालाई नीति बन्यो भनेर हुदैन। नीतिसँगसँगै बजेट, बजेटसँगसँगै कार्यन्वयन, योजना हुनुपर्छ । र त्यसमा कार्य भए नभएको हेर्ने संयन्त्र हुनुपर्छ । त्यस्ता कार्यक्रममा लानको लागि महिला शसक्तिकरण कार्यक्रमहरु हुनुपर्ने बताईन् ।

पुरा भिडीओ

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top