२०८१, ११ बैशाख मंगलवार

मानव अधिकार तथा शान्ति समाजको आदिवासी जनजाती सचिवमा जोशी

डबली खबर     फाल्गुन २२ २०७७ १९:३२

ram prasad joshi nuwakot human rights
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – मानव अधिकार तथा शान्ति समाजको २३औं राष्ट्रिय परिषद् बैठकले आदिवासी जनजाती सचिवमा नुवाकोट समाजका सल्हाहकार रामप्रसाद जोशी निर्विरोध निर्वाचित भएका छन् ।

फागुन २१ र २२ गते पोखरामा भएको राष्ट्रिय परिषद् बैठकले जोशीलाई सचिवमा चयन गरेको हो। जोशी नुवाकोट समाजको संस्थापक हुन् ।

बैठकले गोबिन्द खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । बैठकले आगामी २ बर्षका लागि खनालको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको बरिष्ठ उपसभापति शुशील बस्नेत, उपसभापति कृष्णबहादुर रावल, महिला उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल र कोषाध्यक्ष जगन्नाथ पुडासैनी चयन भए ।

समाजको प्रदेश १ सचिवमा बिकास थापा, प्रदेश २ मा अमरबहादुर गौतम, बागमती प्रदेशमा बाबुहरी आचार्य, गण्डकी प्रदेशमा धिरज थापा, लुम्बिनी प्रदेशमा मिना ढकाल, कर्णाली प्रदेशमा पुष्पा मल्ल र सुदुरपश्चिम प्रदेशमा मदन कुवर चयन भए ।

समाजको सचिव दलितमा निर्मल नेपाली, सचिव मधेशीमा बन्दना सिंह, सचिव महिलामा नम्रता खरेल चयन भएका छन् ।

यस्तै, महिला सदस्यमा निर्मला सुवेदी, सरस्वतीकुमारी नेपाली, सुमित्रा बञ्जारा र सरस्वती ढकाल चयन भए भने खुला सदस्यहरुमा लक्ष्मीनारायण मिश्र, चन्द्रमणी बन्जरा, बिष्णु भुसाल, माधवप्रसाद गौतम, सन्तोष रौनियार र दिलबहादुर कार्की चयन भएका छन् ।

नवनिर्वाचित सभापति गोबिन्द खनालले मुलुकमा लोकतन्त्र र मानव अधिकारको अबस्था कमजोर भएको अवस्थामा समाज थप क्रियाशील हुने बताए । उनले सबैलाइ समेटेर अघि बढ्ने बताए । खनालल विश्वलाइ आणबिक अस्त्ररहित बनाउनुपर्नेमा जोड दिए ।

मानव अधिकार तथा शान्ति समाजको विधान २०५३ को दफा १० ख अनुसार उनीहरु निर्वाचित भएको निर्वाचन अधिकृत महेन्द्रप्रसाद पाण्डे बताए ।

शान्ति समाज रूपन्देही शाखा पुनः उत्कृष्ट

मानव अधिकार तथा शान्ति समाज नेपालको रूपन्देही जिल्ला शाखा यसपटक पनि उत्कृष्ट बन्न सफल भएको छ ।

देशभरका शाखाहरूमा उत्कृष्ट कार्य सम्पादन गरेको र मानव अधिकारको क्षेत्रमा सक्रिय भएको भन्दै पोखरामा आयोजित २३ औं राष्ट्रिय परिषद् बैठकमा सम्मान प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले रूपन्देही सभापति डिपि खनाललाई प्रशंसापत्र सहित खादा लगाएर सम्मान गरे।

रूपन्देही शाखा यसअघि पनि दाङमा सम्पन्न २२ औं राष्ट्रिय परिषद् बैठकमा सम्मानित भएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top