२०८०, ६ चैत्र मंगलवार

पञ्चकन्यामा दोश्रो चेयरमेन कप भलिबल प्रतियोगिता सुरु

डबली खबर     फाल्गुन २१ २०७७ १५:११

nuwakot panchakanya volleyball
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – पञ्चकन्या गाउँपालिकाको पुरानोडाँडामा नुवाकोट जिल्ला अन्तरपालिका स्तरीय दोश्रो चेयरमेन कप भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यसहित भलिबल प्रतियोगिताको आयोजना गरिएको पञ्चकन्या गाउँपालिकाले जनाएको छ।

पञ्चकन्या गापा-२ मा रहेको कालिका माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा सांसद हितबहादुर तामाङको प्रमुख आतिथ्यमा रहेको थियो ।

गाउँपालिकाका अध्यक्ष तेजबहादुर (रमेश) तामाङले खेल चेयरमेन कप अध्यक्षको मात्र नभई सबै पालिकाबासीको भएकोले खेललाई अनुशासित भावनाका साथ खेल सम्पन्न गर्न खेलाडी र पालिकावासीलाई अनुरोध गरे ।

गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा सबै पालिकाको टिमको सहभागिता छ। प्रतियोगिता फाल्गुण २४ गते समापन हुनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top