२०७८, २० श्रावण बुधबार

चार स्वर्णसहित बट्टार डोजाङ प्रथम, चार खेलाडीहरु उत्कृष्ट घोषित

डबली खबर     फाल्गुन १६ २०७७ १९:१४


district level orchid dojan Taekwondo competition final
Tribhuvan Trishuli Secondary School
bidur tax

बट्टार – नुवाकोट जिल्लास्तरीय अर्किड तेक्वान्डो प्रतियोगितामा बट्टार डोजाङकाले चार स्वर्णपदक प्राप्त गरि प्रथम भएको छ ।

अर्किड तेक्वान्डो डोजाङको आयोजनामा भएको शनिबारदेखि सुरु भएको दुईदिने प्रतियोगितामा बट्टार डोजाङले ४ स्वर्णपदकसहित २ रजत र ५ कास्यपदक प्राप्त गरि प्रथम भएको हो ।

नुवाकोट तेक्वान्डोको कभर्ड हलमा भएको प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र १ कास्यपदक प्राप्त गरी मंगलादेवी विद्यालय दोश्रो भए । यस्तै, आयोजक अर्किड डोजाङले २ स्वर्ण र २ रजतपदक प्राप्त गरी तेस्रो भए ।

प्रतियोगिताको जुनियरतर्फ गणेश सुर्य डोजाङका समिर नेपाली २० केजी उमेर समुहको छात्रतर्फ उत्कृष्ट खेल प्रदर्शन गर्दै उत्कृष्ट घोषित भए । यस्तै, छात्रातर्फ अर्किड डोजाङका एलिना श्रेष्ठले ३७-४० केजी उमेर समुहको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै उत्कृष्ट घोषित भईन् ।

सिनियरतर्फ रविन तामाङ र सुस्मिता तामाङ उत्कृष्ट घोषित भए । दुवै मंगलादेवी डोजाङका खेलाडी हुन् ।

छात्रतर्फ २१-२५ केजी तौल समुहमा रोजन घले, जीवन तामाङ (२६-३० ), रविन राई (३१-३५), सुशन सारु मगर ( ३६-४०), अपिल लामा (४१-४५), संजोग कोईराला (४६-५०), रविन तामाङ (५१-५५) र सगर तामाङ (५६-६०) प्रथम भए ।

छात्रातर्फ रोशनी राई (२९-३२), विपना तामाङ (३३-३७), एलिना श्रेष्ठ (३७-४०), निर्मला तामाङ (४१-४४), सुस्मिता तामाङ (४५-४८), सलोमी तामाङ (४९-५१), सिता राई (५२-५५) र सुस्मिता राई (५६-६०) प्रथम भए ।

प्रतियोगितामा सबै तौल समूहमा प्रथम, द्वितीय र तृतीय हुनेलाई विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगितामा जुरेमा शरण घले र श्रीकृष्ण श्रेष्ठ रहेका थिए । रेफ्रीमा सुमन श्रेष्ठ, रबिन श्रेष्ठ, सुर्य तामाङ र दिपेन तामाङले थिए ।

प्रतियोगितामा तौल २९ केजीदेखि ६० केजीसम्म गरी २९ समुहगतमा खेलाईएको थियो । जिल्लाभरका २४ डोजाङका ३०५ खेलाडीहरुले सहभागिता रहेको थियो ।

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot



Top