२०८१, १२ बैशाख बुधबार

अर्किड तेक्वान्डो डोजाङ प्रतियोगिता सुरु, ३०५ जना खेलाडीहरु सहभागी

डबली खबर     फाल्गुन १५ २०७७ १७:२०

district level orchid dojang Taekwondo competition
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बट्टार – अर्किड तेक्वान्डो डोजाङको आयोजनामा नुवाकोट जिल्लास्तरीय अर्किड तेक्वान्डो प्रतियोगिता सुरु भएको छ ।

आजदेखि सुरू भएको दुईदिने प्रतियोगिता भोलि फाल्गुण १६ गतेसम्म सञ्चालन हुनेछ ।

उद्घाटन समरोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी विदुर नगरपालिकाका उपमेयर गीताकुमारी दाहालले खेलबाट खेलाडीले जिल्ला र देशको उचाईलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउनुपर्ने बताए ।

जिल्लाभरका २४ डोजाङका ३०५ जना छात्रछात्रा खेलाडीहरुले प्रतियोगितामा भाग लिएको आयोजक डोजाङका प्रधानाध्यापक रामहरी रिमालले बताए । महामारी कोरोनाभाइरसको आक्रान्तपछि विद्यार्थीहरुको मनोबल बढाउनको लागि जिल्लामा पहिलोपटक यस किसिमको प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

नुवाकोट तेक्वान्डोको कभर्ड हलमा भएको प्रतियोगितामा तौल २९ केजीदेखि ६० केजीसम्म गरी २९ समुहमा खेल खेलाईएको छ। प्रतियोगितामा विजेता र उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ।

एनजी फेन्सी स्टोर्सको मुख्य प्रयोजन रहेको प्रतियोगितामा विदुर नगरपालिकाको कार्यालय, विदुर नपा वडा नम्बर २, ४, १३ को कार्यालय र खेलकुद विकासमा लाग्ने उद्यमी व्यवसाय र व्यक्तिहरुको आर्थिक सहयोग रहेको छ ।

विदुर नगरपालिकाको बट्टारमा रहेको अर्किड एकेडेमीले विद्यार्थीहरुको शारीरिक तन्तुरिस्त कायम गर्नको लागि विद्यालयमै तेक्वान्डो खेल खेलाउदै आएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top