नुवाकोट – बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधि धादिङ समाजले जितेको छ । विदुर नगरपालिका-४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा भएको फाइनलमा धादिङले वाइन्ट स्पोटर्स एक्सपोर्टस् काठमाडौंलाई १–० ले हरायो ।
धादिङका एकमात्र निर्णायक गोल बिपिन कँडेलले गरे । उनले खेलको तीन मिनेट मै निर्णायक गोल गरेका हुन् । धादिङका जर्सी नम्बर १९ का उर्गेन शेर्पा म्यान अफ द म्याच घोषित भए । विजेताले पाँच लाख रुपैयाँ र उपविजेता वाइन्ट स्पोटर्स एक्सपोर्टसले दुई लाख ५० हजार प्राप्त गरे ।
प्रदेशस्तरिय प्रतियोगितामा धादिङका रवि भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ५० हजार रुपैयाँ पाए । फरवार्डमा धादिङका बिपिन कँडेल, गोलरक्षकमा धादिङका किशोर गुरुङ, मिडफिल्डरमा काठमाडौंका सुबिन श्रेष्ठ, डिफेन्डरमा सिन्धुपाल्चोकका आशिष श्रेष्ठ र प्रशिक्षकमा दिपक राना उत्कृष्ट घोषित भए । उनीहरूले जनही १५ हजार रुपैयाँ पाए ।
विजेतालाई निलकण्ठ नगरपालिकाका मेयरले भीमप्रसाद ढुंगाना र एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले संयुक्तरुपमा पुरस्कृत गरे ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र नुवाकोट फुटबल संघको संयोजनमा फाल्गुण ६ गतेदेखि १४ गतेसम बट्टारमा भएको प्रदेशस्तरिय फुटबल प्रतियोगितामा १० जिल्लाका फुटबल क्लबहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया