२०८१, ३ बैशाख सोमबार

एन्फा बागमती प्रदेशको वरिष्ठ उपाध्यक्षमा चित्रकार

डबली खबर     फाल्गुन १४ २०७७ ११:२४

dipak chitrakar president of nuwakot football association
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – अखिल नेपाल फुटबल संघ (एन्फा)ले बागमती प्रदेश फुटबल संघको तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा दीपक चित्रकार चयन भएका छन् । चित्रकार नुवाकोट फुटबल संघका अध्यक्ष हुन् ।

एन्फाले राजेन्द्र श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो । एन्फाले जनवरी १८ मा बसेको एन्फाको कार्यकारी समितिको बैठकको निर्णय अनुसार तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा निरज श्रेष्ठ, सहदेव व्यन्जंकर र मनराज गोदार रहेका छन् । त्यस्तै श्रीकृष्ण कार्की कोषाध्यक्ष, दिवासागर श्रेष्ठ सहकोषाध्यक्ष, गोविन्द श्रेष्ठ र दीपेन्द्र ढकाल सचिव रहेका छन् ।

समितिको सदस्यमा लक्षु देवकोटा, बाबुराजा श्रेष्ठ, लवराज ठाकुर, सुदिप राजबाहक, अजब श्रेष्ठ, बाबुकृष्ण महर्जन, किशोर हेक्का, अनिल शाक्य र जीवन लामा रहेका छन् 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top