२०८०, ६ चैत्र मंगलवार

युयुएनटिएफ अवार्डमा ६९ खेलाडी पुरस्कृत

डबली खबर     माघ २४ २०७७ २०:५७

Anu Adhikari
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकाेट – गत वर्ष नेपालमा आयोजना भएको १३औँ साफ खेलमा तेक्वान्दो खेलबाट स्वर्ण, रजत, काँस्यपदक विजेतासहित अन्य विधाका ६९ खेलाडीहरू शनिबार नुवाकोटमा सम्मानित भएका छन् ।

विदुर नगरपालिकाको बट्टारमा रहेको कभर्ड हलमा सम्पन्न युनिभर्सल युनाईटेड नेपालिज तेक्वान्दो फेडेरेसन-२०२० को दोस्रो पुरस्कार तथा सम्मान कार्यक्रममा नुवाकोट तेक्वान्दो सङ्घ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेसन (युयुएनटिएफ) संस्थाले खेलाडीहरूलाई सम्मान तथा पुरस्कृत गरेकाे हो ।

कार्यक्रममा १३औँ साफ खेलमा तेक्वान्दो खेलबाट १२ जना स्वर्ण पदक, ६ जना रजत पदक र ११ जना कांस्य पदक विजेता खेलाडीहरूसहित कोच, म्यानेजर र अन्य विधाका स्वर्ण, रजत र कांस्य पदक विजेता खेलाडीहरूलाई सम्मान गरिएको तेक्वान्दो सङ्घका कार्यबाहक अध्यक्ष शरण उत्सकु सापकोटाले जानकारी दिए ।

कार्यक्रममा युएनटिएफ नेपाल च्याप्टरका अध्यक्ष हरिहर पाण्डेले नयाँ खेलाडीलाई खेल कौशलमा आकर्षित गर्न समेत यस कार्यक्रमले सहयोग पुग्ने बताए । खेलाडीको हौसला र आत्मबल बढाउन सम्मान तथा पुरस्कारले सहयोग पुग्नेछ । पहिले नै तय भएको कार्यक्रम कोरोना सङ्क्रमणका कारण पछाडि सर्दै आएको थियो । विभिन्न खेल विधामा उत्कृष्ट भएकालाई सम्मान र पुरस्कृत गर्दै आत्मबल बढाउने तथा खेलजीवनलाई उकास्न सम्मान कार्यक्रमको आयोजना गरेको बताए ।

कार्यक्रममा गत वर्ष सम्पन्न साफ गेममा नेपाललाई पदक दिलाउने सबै खेलाडीलाई नगदसहित पुरस्कृत गरेको छ । स्वर्ण पदक विजेतालाई २५ हजार, रजत पदक विजेतालाई १५ हजार र कांस्य पदक विजेतालाई १० हजार रुपैयाँसहित सम्मान गरेको छ ।

त्यसैगरी, सो कार्यक्रममा युएनटिएफ अवार्डबाट विभिन्न क्षेत्रका पाँचजना खेलाडीलाई ३० हजार रुपैयाँ र कोच एकजनालाई २० हजार रुपैयाँसहित सम्मान गरेको छ । विभिन्न खेलबाट १३औँ साफमा नुवाकोट जिल्लाका १२ जना पदकधारी खेलाडीसहित विभिन्न विधामा पदक विजेता ६९ जनालाई सम्मान गरेको छ ।

खेलाडीका अलावा तेक्वान्दो खेलको विकास, विस्तारमा क्रियाशील व्यक्तिहरूलाई समेत सम्मान गरेको छ । सम्मानित हुनेमा नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणा, नेपाल तेक्वान्दोका संस्थापक दीपराज गुरुङ, नेपाल तेक्वान्दो सङ्घ बागमती प्रदेश तेक्वान्दो अभियन्ता दिवाकर डान महर्जन, खेलकुद पत्रकार निरञ्जन राजवंशी, टिभी पत्रकार सुशील पाण्डेलाई सम्मान गरेको छ।

तेक्वान्दो सङ्घ नुवाकोटको भवन निर्माणमा सक्रिय सामाजिक अभियन्ता धननारायण चित्रकार, तेक्वान्दो प्रशिक्षक ईश्वरमान बज्राचार्य, तेक्वान्दो सङ्घ नुवाकोटको भवन निर्माणका प्राविधिक सहयोगी रामहरि रिमाल बाजे, युएनटिएफ नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष फणीन्द्र खड्कालाई सम्मान गरेको छ।

विदेशमा रहेर नेपाली खेलकुदको विकासको लागि लगानी गर्न चाहने व्यक्तिहरुबाट रकम सङ्कलन गरी युयुएनटिफले नेपालमा अवार्ड तथा पुरस्कार प्रदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top