२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको उपाध्यक्षमा पाण्डे चयन

डबली खबर     माघ २४ २०७७ १८:५७

suman pandey nuwakot tourism
pratik book and stationery center in nuwakot

नुवाकोट – नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको उपाध्यक्षमा पर्यटन व्यवसायी सुमन पाण्डे चयन भएका छन् ।

विदुर नगरपालिकाको बट्टारमा रहेको कभर्ड हलमा सम्पन्न युनिभर्सल युनाईटेड नेपालिज तेक्वान्दो फेडेरेसन-२०२० को दोस्रो पुरस्कार तथा सम्मान कार्यक्रममा पाण्डेलाई उपाध्यक्षमा मनोनयन गरेको हो ।

तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीका अनुसार खेलकुद प्रतिको लगाव र सहयोगी भूमिकाको लागि पाण्डेलाई संघको उपाध्यक्षमा मनोनयन गरिएको बताए ।

समारोहमा पाण्डे बागमती प्रदेशको तदर्थ समितिको उपाध्यक्षमा मनोनित भएकोमा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले बताए ।

पाण्डे प्यासिफिक एसिया ट्राभल एसोसिएसनका सचिव समेत हुन् भने एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेञ्चर प्रालिका अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top