२०८१, १३ बैशाख बिहीबार

दौडिए ‘रन फर फन’ मा आमा समुह, सन्तुमाया प्रथम

डबली खबर     माघ ११ २०७७ ०५:२५

nuwakot fifth jhiltung run for fun running competition
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – पाँचौ झिल्टुङ्ग क्रसकन्ट्री दाैड प्रतियोगितामा आमा समुहको दौड प्रतियोगितामा सन्तुमाया श्रेष्ठ प्रथम भएकी छिन् ।

शनिबार सम्पन्न बेलकाेटगढी नगरपालिका वडा नं ५ द्वारा आयाेजित दाैड प्रतियाेगिताको ‘रन फर फन’ तर्फको ४.५ किलोमिटरको दौडमा आमा समुहकी धावक सन्तुमायाले उपाधी हात पारेकी हुन् । प्रतियोगितामा बिमला श्रेष्ठ द्वितिय र कल्पना श्रेष्ठ तृतीय भएकी छिन् । विजयीहरुले क्रमश: १० हजार, ६ हजार र ४ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै, प्रतियोगितामा ६ जना धावकहरुले सान्त्वना पुरस्कार १/१ हजार रुपैंयाँ पुरस्कार प्राप्त गरेका छन् । सान्त्वना पुरस्कार प्राप्त गर्नेमा सुनिता श्रेष्ठ, राममाया श्रेष्ठ, बिमला श्रेष्ठ, गीता भुजेल, बिन्दा नेपाल र राधिका नेपाल रहेका छन् ।

प्रतियोगितामा खुल्ला दौडतर्फ १३.४ किलोमिटरको दौडमा प्रथम हुने सुमन कुलुङ (पुरुष)ले २० हजार र हुमी बुढामगर (महिला)ले १५ हजार रूपैयाँ प्राप्त गरेका छन् । त्यस्तै, श्रीकाश राइ (पुरुष) र बन्दना राइ (महिला) द्वितिय भएका छन् । द्वितिय हुनेले १०/१० हजार रूपैयाँ र तेस्रो हुने राजेन्द्र तामाङ र आशा रावतले समान ५/५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

स्थानीयतर्फकाे दौड प्रतियाेगितामा पुरुष धावक प्रज्वल लामिछाने प्रथम, नविन भण्डारी द्वितिय र तृतीय हुने दिनेश भण्डारीले क्रमश: १५ हजार, १० हजार र ५ हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

१९ बर्ष मुनिका पुरुषतर्फ विश्वराम कुँवर प्रथम, उदय लिम्बु द्वितिय र प्रविण ताछिङ तृतीय भएका छन् । विजयीहरू हुनेले क्रमश: ५ हजार, ३ हजार र २ हजार रूपैयाँ प्राप्त गरेका छन् । महिलातर्फ सरस्वती बोहोरा प्रथम, रेस्टिना सितिक दोस्रो र अञ्जु खड्का तृतीय भएकी छिन् । विजयी हुनेले क्रमश: ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

१६ बर्ष मुनिका पुरुषतर्फ दिनेश नेपाल प्रथम, शिशिर तामाङ द्वितिय र तृतीय अनिश भण्डारी भएका छन् । विजयीहरू हुनेले क्रमश: ५ हजार, ३ हजार र २ हजार रूपैयाँ प्राप्त गरेका छन् । महिलातर्फ दिपशिखा राइ प्रथम, अस्मिता दुवाल दोस्रो  र सपना श्रेष्ठ तृतीय भएकी छन् । विजयीहरू हुनेले क्रमश: ५ हजार, ३ हजार र २ हजार रूपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताकाे रूट बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटारबाट सुरु भएर बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै पुन:कोल्पुटारमै आएर सकिएको थियो ।

प्रतियोगितामा काठमाडौं एथलेटिक्स संघको प्राविधिक सहयोग रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top