२०८०, २४ जेष्ठ बुधबार

कञ्चना देउराली युवा क्लबलाई सहयोग

डबली खबर     कार्तिक ५ २०७७ १४:१८

kanchana deurali youth club nuwakot belakotgadhi
Diyo Pathshala Montessori

बेलकोटगढी, नुवाकोट – समाजसेवी जगत लामाले बेलकोटगढी नगरपालिका वडा नं ६ देउरालीमा रहेको कञ्चना देउराली युबा क्लबलाई नगद तथा जिन्सी सहयोग गरेका छन् ।

सोमबार काठमाडौंमा एक कार्यक्रमबिचमा उनले क्लबका सहसचिव प्रशन्न थिङ्गमार्फत २७ थान फुटबल जर्सी सेट तथा खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

क्लबले आफ्नो क्षेत्रमा सामाजिक तथा खेलकुद गतिविधिमार्फत युवा सक्रियता जगाई गाउँ विकासमा लागेकोमा आफ्नो तर्फबाट खेलकुद सामग्री प्रदान गरिएको बताए ।

उनले यसअघि क्लबकै अगुवाईमा देउराली बजार प्रवेश गर्ने प्रवेशद्वार निर्माणको लागि नगद रु १० हजार सहयोग गरेको क्लबका कोषध्यक्ष प्रदिप नेपालले जानकारी दिए ।

यस अघि क्लबले सेभेन-ए साईड तेस्रो अर्चले नकआउट फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top